चक्रपथ दोस्रो खण्ड विस्तारका लागि चीनसँग सम्झौता
सारांश
- चक्रपथ विस्तारको दोस्रो चरण अन्तर्गत कलङ्कीदेखि बसुन्धारासम्मको ८.२ किलोमिटर सडक र पुल निर्माणका लागि चीन सरकारले करिब ११ अर्ब रुपैयाँ अनुदान उपलब्ध गराउने सम्झौता भएको छ ।
- भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साल र नेपालका लागि चिनियाँ राजदूत झांग माओमिंगबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
- मन्त्री लम्सालले परियोजना कार्यान्वयनमा सहजीकरण गर्ने प्रतिबद्धता जनाउँदै नेपालको पूर्वाधार विकासमा चीनबाट थप लगानीको अपेक्षा गरेका छन् ।
काठमाडौँ । चक्रपथ विस्तारको दोस्रो चरण अन्तर्गत सहायता सम्बन्धी सम्झौता बुधबार औपचारिक रूपमा सम्पन्न भएको छ । भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्री सुनिल लम्साल र नेपालका लागि चिनियाँ राजदूत झांग माओमिंग बिच उक्त सम्झौता पत्रमा हस्ताक्षर गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालको सचिवालयले जनाएको छ ।
सम्झौताअनुसार, चक्रपथ विस्तारको दोस्रो चरणमा कलङ्कीदेखि बसुन्धारा सम्मको ८ दशमलव २ किलोमिटर सडक तथा पुल निर्माण गरिनेछ। यस परियोजनाका लागि चीन सरकारले करिब ११ अर्ब रुपैयाँ अनुदान उपलब्ध गराउनेछ ।
यसअघि सन् २०१९ देखि सुरु गरिएको पहिलो चरणमा कोटेश्वरदेखि कलङ्कीसम्मको सडक विस्तार सम्पन्न भइसकेको छ । सम्झौतापछि मन्त्री लम्सालले परियोजना कार्यान्वयनका क्रममा समस्या उत्पन्न भए एक दिनमै समाधान गर्दै आवश्यक सहजीकरण गरिने प्रतिबद्धता व्यक्त गरे ।
उनले उत्तर–दक्षिण जोड्ने सडक निर्माण सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै नेपालको पूर्वाधार विकासमा चीन सरकारबाट थप लगानीको अपेक्षा व्यक्त गरे ।
त्यसैगरी, चिनियाँ राजदूत माओमिंगले उपयुक्त लगानी वातावरण बनेमा धेरै चिनियाँ लगानीकर्ता नेपालमा लगानी गर्न इच्छुक रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनः चितवनमा ट्राफिक व्यवस्थापनमा कडाइ, महाधिवेशनस्थलमा सवारी निषेध
-
फासीवाद के हो?
-
हेटौंडाको प्रादेशिक थोक बजार सञ्चालन तयारी
-
ढुक्क अमेरिका, उत्साहित ब्राजिल, नेदरल्यान्ड्स र जापानले के गर्लान् ?
-
फिफा विश्वकप २०२६: नकआउटमा पुग्ने र बाहिरिने टोलीहरू को–को हुन्?
-
नेपालमा भू–राजनीतिक तानातानी बढ्यो : वर्षमान पुन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण