बागमतीका सांसदले ६ दिनभित्र योजना नबुझाए बजेट नपर्ने
सारांश
- बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटका लागि आयोजना छनोट गर्न सांसदहरूलाई वैशाख २१ गतेभित्र योजनाको विवरण बुझाउन सूचना जारी गरेको छ ।
- तोकिएको ६ दिनभित्र योजना नबुझाए आगामी वर्षको बजेटमा सांसदहरूको क्षेत्रका योजना नसमेटिने मन्त्रालयले जनाएको छ ।
- मन्त्रालयले स्रोत र साधनको सीमितताका कारण उच्च प्रतिफल दिने र धेरै नागरिक लाभान्वित हुने योजनालाई प्राथमिकता दिने बताएको छ ।
हेटौँडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटका लागि आयोजना छनोट गर्न सांसदहरूलाई योजना पठाउन सूचना जारी गरेको छ । आर्थिक मामला तथा योजना मन्त्रालयले बुधवार पत्र लेख्दै वैशाख २१ गतेभित्रै योजनाको विवरण बुझाउन अल्टिमेटम दिएको हो ।
मन्त्रालयले प्रदेश सभाका सदस्यहरूलाई पत्राचार गर्दै ६ दिनको समयसीमाभित्र बजेट तर्जुमाका लागि वार्षिक आयोजना प्रस्ताव तथा छनोट सम्बन्धी निर्देशिका, २०८३ अनुसारका योजनाहरू माग गरेको छ ।
आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङको निर्देशनअनुसार प्रमुख स्वकीय सचिव आसिस न्यौपानेले जारी गरेको पत्रमा ६ दिन भित्र योजना पठाउन सांसदहरूलाई आग्रह गरिएको हो ।
‘आयोजना प्रस्ताव तथा छनोट सम्बन्धी निर्देशिकाको अनुसूची ३ बमोजिमको ढाँचामा २०८३ वैशाख २१ गते भित्र कार्यान्वयन इकाई/कार्यालयमा आयोजना विवरण उपलब्ध गराउनुहुन पत्राचार गरिन्छ,’ पत्रमा उल्लेख गरिएको छ ।
मन्त्रालयले स्रोत र साधनको सीमितता रहेको भन्दै उच्च प्रतिफल दिने र बहुसंख्यक नागरिक लाभान्वित हुने योजनालाई मात्र प्राथमिकता दिने जनाएको छ । सांसदहरुले तोकिएको ६ दिनभित्र योजना नबुझाए आगामी वर्षको बजेटमा उनीहरूका क्षेत्रका योजना नसमेटिने मन्त्रालयको भनाइ छ ।
प्रदेश सभा सदस्यहरूले आफूले प्रस्ताव गरेका आयोजनाहरूको विवरण निर्देशिकाको अनुसूची ३ बमोजिमको ढाँचामा तयार पारी आगामी २०८३ वैशाख २१ गतेभित्र सम्बन्धित कार्यान्वयन इकाई वा कार्यालयमा उपलब्ध गराउनुपन व्यवस्था गरिएको छ ।
मन्त्रालयले भने बजेट निर्माणको कार्यतालिका अनुसार समयमै योजना माग गरिएको गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
द्वन्द्व र जलवायु परिवर्तनबाट उच्च ’खतरामा’ रहेका थप स्थलहरूको सूचीकरण गर्दै: युनेस्को
-
अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन वृद्धि
-
उत्तर कोरियाली विदेशमन्त्री रूस भ्रमणमा
-
राष्ट्रिय आयुर्वेद केन्द्रलाई उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्न मन्त्री मेहताको जोड
-
६१८ थान सोनारी डाई र भारतीय कारसहित दुई जना पक्राउ
-
मल्ल के. सुन्दरको ‘सेप्टेम्बर १७’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण