हावाहुरीले विद्यालयको छानो उडायो, पठनपाठन प्रभावित
म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जास्थित जनकल्याण माध्यमिक विद्यालयको कक्षा कोठा भवनको छानो हावाहुरीले उडाएको छ। कार्यालय, पुस्तकालय, स्मार्टबोर्ड र विज्ञान प्रयोगशाला भएको ६ कोठे भवनको जस्तापाताको छाना हुरीले उडाएपछि पठनपाठन प्रभावित भएको हो।
हावाहुरीले विद्यालयको कार्यालयमा रहेका कागजपत्र पनि उडाएको प्रधानाध्यापक न्याउली छन्त्यालले बताए । कक्षा १० सम्मको पठनपाठन हुने उक्त विद्यालयमा करिब २०० विद्यार्थी अध्ययनरत छन् । छानो उडाएपछि कक्षा सञ्चालन गर्न कोठाको अभाव भएको उनले बताए।
यसैगरी आज अन्नपूर्ण गाउँपालिकाको शिख, घार क्षेत्रमा परेको असिनाले हिउँदे र बर्खेबालीमा क्षति पुर्याएको छ । असिनापानीपछिको बाढीले विभिन्न ठाउँमा सडक, खानेपानी, सिँचाइका संरचनामा क्षति पुगेको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो । भुरुङ–तातोपानी, दाना, नारच्याङ, शिख, घार र हिस्तानको जनजीवन हावाहुरी, बर्सात र असिनाले प्रभावित बनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलजलाको लुप्राङमा अङ्गुरखेतीको परीक्षण सफल
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
अव्यवस्थित सार्वजनिक संरचनाका कारण व्यक्तिले क्षति बेहोर्नुपरे क्षतिपूर्ति दिलाउन सर्वोच्चको आदेश
-
तीन मौसमी वायुको प्रभाव : आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
साउदी अरब र उरुग्वेबिच बराबरी: अराउजोले टारे उरुग्वेको संकट
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण