स्ट्रेट अफ होर्मुजमा लगाएको नाकाबन्दी लम्ब्याइए सहन सक्दैनौँ– इरान
तेहरान । इरानका सर्वाेच्च नेताका वरिष्ठ सैन्य सल्लाहकार मोहसेन रेजाईले अमेरिकाले स्ट्रेट अफ होर्मुजमा लगाएको नाकाबन्दी लम्ब्याए भने इरानले त्यसलाई सहन नगर्ने बताएका छन् ।
उनले सरकारी सञ्चारमाध्यमसँगको अन्तर्वार्ता यस्तो चेतावनी दिएका हुन् । नाकाबन्दी जारी रहे इरानले प्रतिक्रिया जनाउने पनि उनले भनेका छन् । साथै उनले नाकाबन्दी प्रभावहीन रहेको दाबी गर्दै हिन्द महासागर विशाल भएकाले इरानले सजिलै आवतजावत गर्न सक्ने बताएका छन् ।
उनको यो अभिव्यक्ति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी बन्दरगाहहरूमा नाकाबन्दी थप लम्ब्याउने विषयमा विचार गरिरहेका बेला आएको हो ।
यसैबिच रेजाईले इरानका नयाँ सर्वाेच्च नेता मोज्तबा खामेनीको स्वास्थ्यबारे फैलिएका हल्लामा विश्वास नगर्न पनि आग्रह गरेका छन् । खामेनी युवा, स्वस्थ र ऊर्जाशील रहेको तथा प्रभावकारी रूपमा देशको नेतृत्व गरिरहेको उनले बताएका छन् ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सोमबार खामेनी जीवित रहेको संकेत प्राप्त भएको तर इरानभित्र उनको विश्वसनीयता कति छ भन्ने अझै स्पष्ट नभएको उल्लेख गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलायतमा राजनीतिक अस्थिरताः १० वर्षमा सातौँ प्रधानमन्त्री
-
फिलिपिन्सको विद्यालयमा गोलीबारी, तीन विद्यार्थीको मृत्यु
-
विष्णु पौडेल पक्राउबारे जिप्रकाले दियो औपचारिक जानकारी
-
लागुऔषध सेवन गरेर सवारी चलाउने १० चालक हेटौंडाबाट पक्राउ
-
पोखरा लेकसाइड नजिकै दुर्घटना, एक युवकको मृत्यु
-
राहदानी छपाइमा १० अर्ब १३ करोडको भ्रष्टाचारः कसलाई कति बिगो मागदाबी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण