आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय
समाचार

रोल्पामा जिप दुर्घटना, १७ जनाको मृत्यु

बिहीबार, १७ वैशाख २०८३, १८ : ०७
बिहीबार, १७ वैशाख २०८३

रोल्पा । रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु भएको छ ।

रुकुम पूर्वबाट जलजलातर्फ जाँदै गरेको जिप भिरबाट ८ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।  

रोल्पाका डीएसपी वीरेन्द्र वीर विश्वकर्मा नेतृत्वको टोली दुर्घटनास्थलमा उद्धारका लागि खटिएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार १७ जनाको घटनास्थलमा नै मृत्यु भएको हो । लु१ज ४१६७ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको हो । जलजलामा वैशाख पूर्णिमाको अवसरमा लाग्ने मेलामा सहभागी हुन जानेहरूलाई लिएर उक्त जिप त्यसतर्फ जाँदै थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप