बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
एमाले नेता भगवती न्यौपानेसँग ‘वारपार’

‘ओलीलाई हटाउने विषयमा मिडियामा बोल्दिनँ’

बिहीबार, १७ वैशाख २०८३, २० : ००
बिहीबार, १७ वैशाख २०८३

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन भएको दुई महिना पुग्नै लाग्दा समेत नेकपा एमालेले चुनावी समीक्षा गरिसकेको छैन । पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि आइलागेका विविध समस्याले बैठक बस्नै सकेको छैन । यद्यपि एमाले नेता, कार्यकर्ताले आ-आफ्नै ढंगले चुनावी समीक्षा गरिरहेका छन् । 

पार्टी चुनावमा कसरी पराजित भयो भन्ने विषयमा अध्यक्ष ओली निकट र ओली इतर नेता-कार्यकर्ताका फरक-फरक धारणा छन् । यतिबेला अध्यक्षबाट ओलीलाई हटाइहाल्नुपर्ने र हटाउन नहुने धारणा पनि एमालेमा छ । हरेक मुद्दामा एमालेमा अहिले मतैक्य छैन । 

सरकारका हालैका निर्णय र काममा पनि एमालेका थरीथरी धारणा छन् । एमाले अब कसरी सम्हालिएला ? यिनै विषयमा केन्द्रित रहेर रातोपाटीको ‘वारपार’मा एमाले नेता भगवती न्यौपानेसँग गरिएको कुराकानी भिडियोमा हेर्न-सुन्न सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रोहित दाहाल
रोहित दाहाल
लेखकबाट थप