राष्ट्रपतिलाई संविधानविद्हरूले के दिए सुझाव ?
सारांश
- राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेका अध्यादेशहरूबारे संविधान र कानुनका जानकारहरूसँग परामर्श गरेका छन् ।
- संविधानविद्हरूले संविधान र कानुनअनुसार जे गर्दा उपयुक्त हुन्छ त्यही गर्न सुझाव दिएका छन् ।
- वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले संविधानको संरक्षण हुने गरी संवैधानिक सीमाभित्र रहेर कदम चाल्न र सरोकारवालाहरूसँग छलफल गरेर मात्र निष्कर्षमा पुग्न सुझाव दिएको बताए ।
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेका अध्यादेशहरूबारे संविधान र कानुनका जानकारहरूसँग परामर्श गरेका छन् ।
बिहीबार राष्ट्रपति कार्यालय शितलनिवासमा राष्ट्रपतिले संविधान र कानुनका जानकारहरूसँगको परामर्शमा सरकारबाट एकै पटक धेरै संख्यामा अध्यादेशहरू आए, यसरी आउँदा पहिला फिर्ता गरेका पनि आए,यस सन्दर्भमा के गर्दा उपयुक्त हुन्छ ? भनेर जिज्ञासा राखेका थिए । स्रोतका अनुसार राष्ट्रपतिले सबैभन्दा बढी जिज्ञासा संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा राखेका थिए ।
जवाफमा संविधानविद्हरूले संविधान र कानुनअनुसार जे गर्दा उपयुक्त हुन्छ त्यही गर्न सुझाव दिएका छन् । छलफलमा सहभागी वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले संवैधानिक सीमाभित्र रहेर कदम चाल्दा उपयुक्त हुने सुझाव दिएको बताए।
‘संविधानको संरक्षण हुने गरी संवैधानिक सीमाभित्र रहेर कदम चाल्न उपयुक्त हुन्छ’, आफूहरूले राष्ट्रपतिलाई दिएको सुझाव उद्धृत गर्दै भट्टराईले रातोपाटीसँग भने, ‘प्रधानमन्त्रीसहित स्टेकहोल्डर सवैसँग छलफल गरेर मात्र निष्कर्षमा पुग्नु उचित हुन्छ ।’
राष्ट्रपतिसँगको छलफलमा कानुनविद्हरू बद्रीबहादुर कार्की, महादेव यादव, पूर्णमान शाक्य, भीमार्जुन आचार्य र टिकाराम भट्टराई सहभागी थिए।
सरकारले संवैधानिक परिषद्सहित ६ वटा अध्यादेश केही दिन अघि सिफारिस गरेकोमा सहकारी सम्बन्धी अध्यादेश र सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश बिहीबार जारी भए पनि अरू अध्यादेश जारी भएका छैनन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
बागमती खेलकुद: पुरुष क्रिकेटको उपाधि चितवनलाई
-
चूडामणि शर्माविरुद्धका दुई भ्रष्टाचार मुद्दामा विशेष अदालतद्वारा कागजात झिकाउने आदेश
-
सम्झौता उल्लङ्घन भए इरानमाथि फेरि कडा नाकाबन्दी लगाउँछौँ : अमेरिकी रक्षामन्त्री
-
युद्ध अन्त्य गर्ने सम्झौता अमेरिकाको हार : इरानी पत्रपत्रिका
-
फेरिँदै विद्यालय पाठ्यक्रम, नैतिक शिक्षालाई समेट्ने गरी अघि बढ्यो कार्यदल
-
तनहुँमा १९ जना शङ्कास्पद व्यक्ति पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण