अध्यादेशबारे महान्यायाधिवक्ताले राष्ट्रपतिलाई के दिए सुझाव ?
सारांश
- महान्यायाधिवक्ता नारायणदत्त कँडेलले सरकारले ल्याएको अध्यादेश रोक्न नमिल्ने सुझाव राष्ट्रपति रामचन्द्र पौडेललाई दिएका छन्।
- राष्ट्रपति पौडेलले अध्यादेशबारे राय सुझाव लिन महान्यायाधिवक्ता कँडेललाई बोलाएका थिए।
- कँडेलले संविधानको धारा ६६ अनुसार मन्त्रिपरिषद्को सिफारिसमा आएको अध्यादेश रोक्ने अधिकार राष्ट्रपतिलाई नभएको बताएका छन्।
काठमाडौँ । महान्यायाधिवक्ता नारायणदत्त कँडेलले राष्ट्रपति रामचन्द्र पौडेललाई सरकारले ल्याएको अध्यादेश रोक्न नमिल्ने सुझाव दिएका छन्।
महान्यायाधिवक्ता कँडेललाई राष्ट्रपति पौडेलले अध्यादेशका विषयमा राय सुझाव दिन बिहीबार बोलाएका थिए।
उनले संविधानले राष्ट्रपतिलाई अध्यादेश रोक्ने अधिकार नभएकाले संविधानको धारा ६६ अन्तर्गत मन्त्रिपरिषद्ले सिफारिस गरेको अध्यादेश जारी गर्न सुझाव दिएका छन्।
कँडेलले मन्त्रिपरिषद्ले सिफारिस गरेको अध्यादेश रोक्ने अधिकार राष्ट्रपतिलाई नभएको सुझाव दिएको छन्।
संविधानको धारा धारा ६६ राष्ट्रपतिको काम, कर्तव्य र अधिकार उल्लेख छ । जसको उपधारा (२) मा ‘उपधारा (१) बमोजिम अधिकारको प्रयोग वा कर्तव्यको पालन गर्दा यो संविधान वा सङ्घीय कानुनबमोजिम कुनै निकाय वा पदाधिकारीको सिफारिसमा गरिने भनी किटानीसाथ व्यवस्था भएको कार्यबाहेक राष्ट्रपतिबाट सम्पादन गरिने अन्य जुनसुकै कार्य मन्त्रिपरिषद्को सिफारिस र सम्मतिबाट हुनेछ,’ त्यस्तो सिफारिस र सम्मति प्रधानमन्त्रीमार्फत पेस हुनेछ,’ भनिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
बालेन संसद्मा आएनन्, स्वर्णिमलाई दिए जवाफको जिम्मा
-
चुनाव हारेका उम्मेदवारहरूलाई साक्षी राखेर केन्द्रीय समिति बैठक गर्दै राजेन्द्र लिङ्देन
-
अब प्रहरीलाई पोसाक खरिद गर्न नगद नै दिइने
-
सुधन गुरुङलाई हर्क साम्पाङको प्रश्न : अनलाइनमा मुख छाड्नेलाई सरकारले के कारबाही गर्छ ?
-
सडक दुर्घटना न्यूनीकरणका लागि विशेष योजना आवश्यक : मुख्यमन्त्री आचार्य
-
फेरिँदै विद्यालय पाठ्यक्रम, नैतिक शिक्षालाई समेट्ने गरी अघि बढ्यो कार्यदल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण