पत्रकार र स्थानीयलाई टेकुस्थित वंशीघाट प्रवेशमा रोक
शुक्रबार, १८ वैशाख २०८३, ०८ : ३८
सारांश
- काठमाडौँको टेकुस्थित वंशीघाटमा रहेको सुकुम्बासी बस्तीमा आज डोजर चलाइँदै छ ।
- जिल्ला प्रशासन कार्यालय काठमाडौँले सूचना जारी गरेपछि सुकुम्बासीहरूले आफ्नो सामान सुरक्षित स्थानमा सारिरहेका छन् ।
- सुरक्षा व्यवस्था कडा पारिएकाले पत्रकार र स्थानीयलाई समेत वंशीघाट क्षेत्रमा प्रवेश गर्न दिइएको छैन ।
काठमाडौँ । काठमाडौँको टेकुस्थित वंशीघाटमा रहेको सुकुम्बासी बस्तीमा आज डोजर चलाइँदै छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले सूचना जारी गरेपछि त्यहाँका सुकुम्बासीहरूले आफ्नो सामान सुरक्षित स्थानमा सारिरहेका छन् ।
आज बिहानदेखि यस क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । पत्रकार र स्थानीयलाई समेत यस क्षेत्रमा प्रवेश गर्न दिइएको छैन ।
बिहान तरकारी किन्न घरबाहिर निस्किएका स्थानीय समेत घर फर्कन पाएका छैनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिलिपिन्सको विद्यालयमा गोलीबारी, तीन विद्यार्थीको मृत्यु
-
विष्णु पौडेल पक्राउबारे जिप्रकाले दियो औपचारिक जानकारी
-
लागुऔषध सेवन गरेर सवारी चलाउने १० चालक हेटौंडाबाट पक्राउ
-
पोखरा लेकसाइड नजिकै दुर्घटना, एक युवकको मृत्यु
-
राहदानी छपाइमा १० अर्ब १३ करोडको भ्रष्टाचारः कसलाई कति बिगो मागदाबी ?
-
अन्योलमै बित्यो दिन, न सुरु भयो बन्दसत्र न प्रकाशन भयो नामावली (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण