बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

बिदाको दिन ओपीडी सेवा सञ्चालन गर्ने निर्देशनको स्वास्थ्यकर्मी सङ्घद्वारा आपत्ति

शुक्रबार, १८ वैशाख २०८३, १५ : १६
शुक्रबार, १८ वैशाख २०८३

काठमाडौँ । नेपाली कांग्रेस निकट नेपाल स्वास्थ्यकर्मी सङ्घले विश्व श्रमिक दिवस (मे १) का दिन देशभरका अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा ओपीडी सेवा खोल्न दिएको निर्देशनात्मक आदेशप्रति आपत्ति जनाएको छ । 

सङ्घका अध्यक्ष रामजी घिमिरे र महासचिव मीनराज पन्थीले शुक्रबार विज्ञप्ति जारी गर्दै बिदाका दिन ओपीडी खोल्न दिएको निर्देशनप्रति आपत्ति जनाएका हुन् ।

विज्ञप्तिमा चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीहरूको नियमित उपस्थितिमा इमर्जेन्सी सेवा खोलिरहेको बेलामा ओपिडी सेवा पनि खोल्न दिएको निर्देशन हचुवाका भरमा रहेको उल्लेख छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पर्याप्त तयारीबिना बिदाका दिन आकस्मिक सेवा सञ्चालन भइरहेको बेलामा अर्को सेवा पनि खोल्न निर्देशन दिएको प्रति सङ्घले असन्तुष्टि व्यक्त गरेको हो । 

सङ्घले भविष्यमा यस्ता निर्णयहरू गर्दा स्वास्थ्य क्षेत्रको संवेदनशीलतालाई ध्यानमा राख्न  आग्रह गरेको छ।

678971096_1640571277181270_4691505619653911777_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप