बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

लगातार बिदा परेपछि १८ गते सरकारी स्वास्थ्य संस्थामा ओपीडी खोल्न सरकारको निर्देशन

बिहीबार, १७ वैशाख २०८३, २१ : १०
बिहीबार, १७ वैशाख २०८३

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वैशाख १८ गते देशभरका सबै सरकारी अस्पतालहरूमा ओपीडी सेवा सञ्चालन गर्न निर्देशन दिएको छ ।

लगातार सार्वजनिक बिदाका कारण बिरामीले स्वास्थ्य सेवा पाउन असुविधा नहोस् भन्ने उद्देश्यले मन्त्रालयले यो निर्णय गरेको जनाएको छ । 

मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीद्वारा आज जारी प्रेस विज्ञप्तिमा तीन दिन सार्वजनिक बिदा परेकाले सरकारी अस्पतालहरूमा ओपीडी सेवा प्रभावित हुने र सेवाग्राहीलाई असुविधा हुन सक्ने अवस्था देखिएको जनाइएको छ । 

बिरामीको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै र स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न मन्त्रालयले भोलि १८ गते देशभरका सबै सरकारी अस्पतालहरूलाई ओपीडी सेवा सञ्चालन गर्न अनुरोध गरेको हो । 

विज्ञप्तिमा 'सेवाग्राहीहरूलाई स्वास्थ्य सेवा प्राप्त गर्न कुनै असुविधा नहोस् भन्ने उद्देश्यले वैशाख १८ गते देशभरका सबै सरकारी अस्पतालमा ओपीडी सेवा सञ्चालन गर्न सम्बन्धित सबै अस्पताल प्रशासनलाई अनुरोध गरिन्छ' उल्लेख छ ।

यस निर्णयले बिदाको समयमा पनि अत्यावश्यक स्वास्थ्य सेवा सहज बनाउने अपेक्षा गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप