बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

साँवाभन्दा बढी ब्याज लिन नपाइने

शुक्रबार, १८ वैशाख २०८३, १६ : ३६
शुक्रबार, १८ वैशाख २०८३

सारांश

  • सहकारी संस्थाहरूले ऋणीबाट असुल गर्ने कुल ब्याज रकम मूल ऋण रकमभन्दा बढी हुन नपाउने गरी सहकारीसम्बन्धी अध्यादेश राजपत्रमा प्रकाशित भएको छ ।
  • यस अध्यादेशअनुसार एक लाख रुपैयाँ ऋण लिएको व्यक्तिले जतिसुकै वर्षपछि तिर्दा वा हर्जना लाग्दा पनि ब्याजबापत एक लाखभन्दा बढी तिर्नु पर्दैन ।
  • यस व्यवस्थाले सहकारीको हकमा मिटरब्याजी धन्दा चलाउनेहरूलाई कानुनी रूपमै अंकुश लगाउने अपेक्षा गरिएको छ ।

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेको सहकारीसम्बन्धी अध्यादेश शुक्रबार राजपत्रमा प्रकाशित भएको छ । 

अध्यादेशले सहकारी संस्थाहरूले चर्को ब्याज र स्याज जोडेर ऋणीको उठिबास लगाएको गुनासो सम्बोधन गरेको छ । जसनुसार अब कुनै पनि सहकारी संस्थाले ऋणीबाट असुल गर्ने कुल ब्याज रकम निजले लिएको मूल ऋण रकमभन्दा बढी हुन पाउने छैनन् ।

यसको अर्थ एक लाख रुपैयाँ ऋण लिएको व्यक्तिले जतिसुकै वर्षपछि तिर्दा वा हर्जना लाग्दा पनि ब्याजबापत एक लाखभन्दा बढी तिर्नु पर्दैन । यसले सहकारीको हकमा मिटरब्याजी धन्दा चलाउनेहरूलाई कानुनी रूपमै अंकुश लगाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप