सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

राजनीतिक भेटघाटमा व्यस्त अमेरिकी विशेष दूत

शुक्रबार, १८ वैशाख २०८३, १६ : ५०
शुक्रबार, १८ वैशाख २०८३

सारांश

  • अमेरिकी दक्षिण तथा मध्य एसियाका लागि विशेष दूत सर्जियो गोरले परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गरेका छन् ।
  • भेटमा नेपाल–अमेरिका सम्बन्धलाई थप सुदृढ बनाउने, लगानी र व्यापार प्रवर्द्धन तथा द्विपक्षीय सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ ।
  • गोरले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग पनि भेटवार्ता गरेका छन् ।

काठमाडौँ । अमेरिकी दक्षिण तथा मध्य एसियाका लागि विशेष दूत सर्जियो गोरले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

परराष्ट्र मन्त्रालयमा भएको भेटको क्रममा नेपाल–अमेरिका सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । छलफलमा लगानी र व्यापार प्रवर्द्धनमा विशेष जोड दिँदै द्विपक्षीय सहकार्य विस्तार गर्नेबारे पनि कुरा भएको जनाएको छ । 

gore 2

गोरले आजै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेसँग भेटवार्ता गरेका छन् । भेटमा नेपाल र अमेरिका बिचको आर्थिक साझेदारी र विकास सहायताका विविध विषयमा छलफल भएको थियो। 

गोरले प्रधान सेनापति र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग पनि भेट्ने कार्यतालिका रहेको छ । भारतका लागि अमेरिकी राजदूत समेत रहेका गोर तीन दिने नेपाल भ्रमणमा आएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप