राजु अर्यालको बिदाइ, पौडेलले सम्हाल्दै सशस्त्रको कमान्ड
काठमाडौँ । सशस्त्र प्रहरी बलका आईजी राजु अर्याल आजबाट अवकाशमा गएका छन् । सशस्त्र प्रहरीको प्रधान कार्यालय हलचोकमा आयोजित समारोहमा अर्याललाई भव्य बिदाइ गरिएको छ ।
पूर्व आईजीहरुको उपस्थितिमा नवनियुक्त आईजी नारायणदत्त पौडेलले अर्यालको बिदाइ गरेका हुन् । अर्याल र पौडेल ब्याचमेट हुन् ।
आईजीको चार वर्षे सेवा अवधि पुरा गरेर अवकाश पाएका अर्यालले २०७९ वैशाख १९ बाट सशस्त्र प्रहरीको कमान्ड समालेका थिए । सशस्त्र प्रहरीमा आईजीको पदावधि ४ वर्ष हुने व्यवस्था छ । २०५४ चैत १८ मा इन्स्पेक्टरबाट नेपाल प्रहरीमा प्रवेश गरेका अर्याल सशस्त्र प्रहरी बलमा स्थानान्तरण भएका थिए ।
अर्यालको बिदाइसँगै सशस्त्रको कमान्ड पौडेलले सम्हाल्ने छन् । आइतबार गृह सचिव राजकुमार श्रेष्ठले पौडेललाई दर्ज्यानी चिन्ह लगाउने कार्यक्रम तय गरिएको छ । मन्त्रिपरिषद्ले १९ गतेबाट लागु हुने गरी नारायणदत्त पौडेललाई आईजी नियुक्त गरेको थियो ।
अर्यालले आफ्नो कार्यकालमा २०७९ को निर्वाचन र २०८२ को निर्वाचनमा सुरक्षा प्रदान गर्न सशस्त्रका सकलदर्जाको नेतृत्व गरे । आफ्नो कार्यकालमा दुर्गा प्रसाईँ नेतृत्वको आन्दोलन र जेनजी प्रदर्शनसँगै भएको उथलपुथलकारी समय भोगेर अर्याल सङ्गठनबाट बिदा भएका छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण