हृदयघातपछि नोबेल विजेता नर्गिस मोहम्मदीलाई इरानी जेलबाट अस्पताल पुर्याइयो
इरानकी नोबेल शान्ति पुरस्कार विजेता तथा मानवअधिकारकर्मी नर्गिस मोहम्मदीको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको छ। सन् २०२३ मा नोबेल शान्ति पुरस्कार जितेकी ५३ वर्षीया मोहम्मदी लामो समयदेखि इरानी जेलमा थुनिएकी थिइन्। उनका समर्थक र परिवारले महिनौँदेखि उनको बिग्रँदो स्वास्थ्य अवस्थाबारे चेतावनी दिँदै आएका थिए।
मोहम्मदीको फाउन्डेसनले शुक्रबार जारी गरेको विज्ञप्ति अनुसार उनलाई मुटुसम्बन्धी गम्भीर समस्या (हृदयघात) को उपचारका लागि जन्जानको एक अस्पतालमा भर्ना गरिएको हो। यसअघि मार्च महिनामै उनलाई हृदयघातको शङ्का गरिए पनि उचित चिकित्सा उपचार पाउन सकेकी थिइनन्। मोहम्मदीका वकिल मुस्तफा निलीका अनुसार सुरुमा रक्तचापमा समस्या आएर उनी बेहोस भएकी थिइन्, तर सुरुमा चिकित्सकहरूले उनलाई अस्पताल भर्ना गर्न अस्वीकार गरेका थिए।
पछिल्लो दुई दशकदेखि इरानमा मानवअधिकार र महिला अधिकारका लागि लड्दै आएकी मोहम्मदीलाई इरानी प्रशासनले बारम्बार जेल हाल्ने र मुद्दा चलाउने गर्दै आएको छ। विशेष गरी मृत्युदण्डको विरोध र महिलाहरूका लागि अनिवार्य गरिएको ड्रेस कोडविरुद्ध अभियान चलाएको अभियोगमा उनी पछिल्लो पटक गत डिसेम्बरमा मशाद सहरबाट पक्राउ परेकी थिइन्। हाल न्युरोलोजिस्ट र मुटुरोग विशेषज्ञहरूले उनको उपचार गरिरहेको र उनको अवस्थालाई गम्भीरतापूर्वक लिइएको जनाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु र शंकरको गृह–प्रदेशका अधिकांश नेता ओलीलाई बिदाई गर्ने पक्षमा
-
अभियान र नारा खाँदेर पोखराका मेयरले प्रस्तुत गरे नीति तथा कार्यक्रम
-
प्रतिनिधि सभाको अर्को बैठक शुक्रबार : ९ वटा कार्यसूची तय
-
‘यो कठपुतली सरकार हो, जगमै खोट छ’
-
पोखरा महानगरले अनलाइनबाट गुनासो लिने, सेवा प्रवाहलाई व्यवस्थित बनाउन लाइन बस्ने अभियान चलाइने
-
न्यायाधीशको हस्ताक्षर कीर्ते गर्ने अधिकारी जेल चलान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण