प्रधानमन्त्री कप भलिबल : रुकुम पश्चिम र नेपाल पुलिसलाई उपाधि
शनिबार, १९ वैशाख २०८३, १८ : ३८
सारांश
- प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल लिगको पुरुषतर्फको उपाधि रुकुम पश्चिम भलिबल क्लबले जित्यो ।
- रुकुम पश्चिमले फाइनलमा हेल्प नेपाल स्पोर्टस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्यो ।
- महिलातर्फको उपाधि नेपाल पुलिस क्लबले न्यु डायमण्डलाई ३–१ को सेटमा पराजित गर्दै जित्यो ।
काठमाडौँ । प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल लिग अन्तर्गत पुरुषतर्फको उपाधि रुकुम पश्चिम भलिबल क्लबले जितेको छ ।
राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शनिबार भएको फाइनल खेलमा हेल्प नेपाल स्पोर्टस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै रुकुम पश्चिमले उपाधि जितेको हो । खेलमा रुकुम पश्चिम २९–२७, २५–२१, ३२–३० को सेटमा जित हासिल गरेको हो ।
त्यस्तै प्रतियोगिता अन्तर्गत महिलातर्फको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । शनिबार नै भएको फाइनल खेलमा न्यु डायमण्डलाई ३–१ को सेटमा पराजित गर्दै पुलिसले चौथो पटक उपाधि जितेको हो ।
महिला र पुरुष दुवैतर्फको विजेताले १० लाख र दोस्रोले ५ लाख प्राप्त गरेका छन् । नेपाल भलिबल सङ्घले आयोजना गरेको प्रतियोगितामा क्लब च्याम्पियनसिपबाट छनोट भएका महिलातर्फका ६ र पुरुषतर्फका ८ टोलीको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपत्यका बर्डफ्लुको ‘हटस्पट’ : ६ लाख कुखुरा र १० लाखभन्दा बढी अण्डा नष्ट
-
विपक्षी दल नेकपाले गर्यो बजेट परिमार्जन गर्नुपर्ने माग
-
चार अदालतबाट मुद्दा संशोधनपछि रवि लामिछानेको राजनीतिक यात्रा सहज दिशा उन्मुख
-
फ्रान्समा गर्मीको कहर : बालबालिकालाई खेल्दा सावधानी अपनाउन सुझाव, सेनालाई पनि मौसमजन्य सावधानीका लागि चेतावनी
-
९६ वर्षका १००० खेलमा विश्वकप फुटबलले कोरेको इतिहास
-
बालेनले रास्वपा महाधिवेशनमा दिए संसद्मा उठेका प्रश्नकाे जवाफ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण