सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

रास्वपा सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा

आइतबार, २० वैशाख २०८३, ०७ : ४३
आइतबार, २० वैशाख २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बिहान ११ बजे पार्टी कार्यालय वनस्थलीमा बस्ने भएको छ ।
  • बैठकमा स्थानीय तहका उम्मेदवार छनोटको रूपरेखा र महाधिवेशन कार्यविधि २०८३ बारे छलफल हुनेछ ।
  • यसैगरी संसदीय दलको विधान संशोधन र समसामयिक विषयमा पनि छलफल हुनेछ ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्ने भएको छ ।  पार्टी सभापति रवि लामिछानेले पार्टी कार्यालय वनस्थलीमा बस्ने गरी बैठक बोलाएको प्रवक्ता मनिष झाले जानकारी दिए । 

बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा स्थानीय तह उम्मेदवार छनोट रूपरेखा र महाधिवेशन कार्यविधि २०८३ सम्बन्धमा छलफल हुने बताइएको छ । 

साथै संसदीय दलको विधान संशोधन तथा समसामयिक विषयममा छलफल हुने प्रवक्ता झाले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप