सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

आइतबार, २० वैशाख २०८३, ११ : १८
आइतबार, २० वैशाख २०८३

सारांश

  • नेपाली बजारमा आइतबार सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घटेको छ ।
  • छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९५ हजार १०० रुपैयाँ कायम गरिएको छ ।
  • चाँदीको मूल्य भने ६५ रुपैयाँले बढेर ५ हजार १० रुपैयाँ पुगेको छ ।

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।  चाँदीको मूल्य भने वृद्धि भएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घटेको हो।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९५ हजार १०० रुपैयाँ कायम गरिएको छ। यसअघि शुक्रबार सुन प्रतितोला २ लाख ९६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। आज १० ग्राम सुनको मूल्य २ लाख ५३ हजार रुपैयाँ तोकिएको छ।

सुनको मूल्य ओरालो लाग्दा चाँदीको मूल्यमा भने बढोत्तरी देखिएको छ। शुक्रबार प्रतितोला ४ हजार ९४५ रुपैयाँमा कारोबार भएको चाँदी आज ६५ रुपैयाँले बढेर ५ हजार १० रुपैयाँ पुगेको छ। महासंघका अनुसार आज १० ग्राम चाँदीको मूल्य ४ हजार २९५ रुपैयाँ कायम भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका आधारमा महासंघले नेपाली बजारमा दैनिक सुनचाँदीको कारोबार मूल्य निर्धारण गर्दै आएको छ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप