सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बुबाको हत्या गरी फरार एक जना पक्राउ

आइतबार, २० वैशाख २०८३, १७ : १४
आइतबार, २० वैशाख २०८३

पोखरा । कास्कीको रुपा गाउँपालिकामा आफ्नै बुबाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रुपा गाउँपालिका ४ बागेडाँडाका ३४ वर्षीय भिमबहादुर भुजेल छन् । उनले आफ्नै ६२ वर्षीय बाबु रामबहादुर घर्तीको हत्या गरेको आरोप प्रहरीले लगाएको छ।

वैशाख १७ गते साँझ पौने ७ बजे घर्ती आफ्नै कोठामा अचेत अवस्थामा फेला परेका कास्की प्रहरीले जनाएको छ । उनको घाँटीमा गलबन्दी बेरिएको र नाकबाट रगत बगेको अवस्थामा देखेर स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

प्रारम्भिक अनुसन्धानका क्रममा मृतकको घाँटीमा गलबन्दीको फन्का बेरिएको र नाकबाट रगत बगेको देखेपछि शङ्कास्पद लागेर प्रहरीले छोरालाई पक्राउ गरेको हो।

 ‘कोठाको ढोका खुलै रहेको हुँदा घटना शङ्कास्पद देखियो । सूक्ष्म रूपमा अनुसन्धान अघि बढाउँदै जाँदा मृतकका कान्छा छोरा भिमबहादुर भुजेलको संलग्नता रहेको देखेपछि पक्राउ गरिएको हो,’ कास्की प्रहरी प्रवक्ता डीएसपी हरीबहादुर बस्नेतले भने।

खोजतलास गर्दा प्रहरीले भिमलाई वैशाख १८ गते पोखरा महानगरपालिका ११ हस्पिटल चोकबाट पक्राउ गरेको हो। उनी विरुद्ध कर्तव्य ज्यान सम्बन्धी कसुरमा कास्की जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको बस्नेतले जानकारी दिए। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप