सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

चैत मसान्तसम्म सुकुमबासी व्यवस्थापन गर्न रास्वपाको सरकारलाई सुझाव

आइतबार, २० वैशाख २०८३, १७ : ३२
आइतबार, २० वैशाख २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चैत मसान्तसम्ममा कम्तीमा ७५ प्रतिशत सुकुमबासीको व्यवस्थापन गर्न सरकारलाई सुझाव दिएको छ ।
  • सुकुमबासीको समस्या समाधानका लागि अधिकार सम्पन्न प्राधिकार गठन गर्नुपर्ने निष्कर्ष पार्टीले निकालेको छ ।
  • प्राधिकार गठन भई लगत संकलन नभएसम्म अन्यत्र डोजर नचलाउने सुनिश्चितता गर्न पनि सरकारलाई सुझाव दिइएको छ ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले आगामी चैत मसान्तसम्म सुकुमबासीको व्यवस्थापन गर्न सरकारलाई सुझाव दिएको छ । 

आइतबार बसेको सचिवालय बैठकले घरबाहर विहीन भएका सुकुमबासी कम्तीमा ७५ प्रतिशत समस्या हल गर्न सुझाव दिएको हो । 

घरबार विहीन भएका सुकुमबासीलाई व्यवस्था गर्न सरकारलाई सुझाव दिइएको हो ।

यसको लागि अधिकार सम्पन्न प्राधिकार बनाउनु पर्ने पार्टीले निष्कर्ष निकालेको छ’, बैठकपछि प्रवक्ता मनिष झाले भने, ‘चैत मसान्तभित्र कम्तीमा ७५ प्रतिशत व्यवस्थापन गर्नुपर्ने र प्राधिकार गठन भएर लगत उपलब्ध नगरेसम्म अन्यन्त्र डोजर चल्ने छैन भन्ने सुनिश्चित गर्न सकारलाई सुझाव दिएको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप