आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

कोलकाताको लगातार तेस्रो जित

आइतबार, २० वैशाख २०८३, १९ : ५६
आइतबार, २० वैशाख २०८३

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा कोलकाता नाइट राइडर्स (केकेआर) ले सनराइजर्स हैदराबादलाई (एसआरएच) ७ विकेटले पराजित गर्दै आफ्नो लगातार तेस्रो जित दर्ता गरेको छ ।

राजीव गान्धी अन्तर्राष्ट्रिय स्टेडियममा भएको खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको हैदराबाद १९ ओभरमा १६५ रनमा अलआउट भयो । जवाफमा केकेआरले १६६ रनको लक्ष्य १८.२ ओभरमा पूरा गर्‍यो ।
यस जितसँगै कोलकाता ९ खेलमा ३ जितका साथ आठौँ स्थानमा उक्लिएको छ ।

उता, सनराइजर्स हैदराबाद १० खेलमा १२ अंकका साथ तेस्रो स्थानमा यथावत् छ । 

टस जितेर पहिले ब्याटिङ रोजेको हैदराबादका लागि ब्याट्सम्यान ट्राभिस हेडले विष्फोटक अर्धशतक प्रहार गरे । उनले मात्र २८ बलमा ६१ रन बनाए । यस्तै, ईशान किशनले पनि ४२ रनको महत्त्वपूर्ण योगदान दिए । हेड र किशनबिच दोस्रो विकेटका लागि ६१ रनको महत्त्वपूर्ण साझेदारी भएको थियो । 

तर, कोलकाताका बलरहरूको कसिलो प्रदर्शनका कारण हैदराबाद १९ ओभरमा १६५ रनमा अलआउट भयो । कोलकाताका लागि वरुण चक्रवर्तीले सर्वाधिक ३ विकेट लिए । सुनील नरेन र कार्तिक त्यागीले २–२ विकेट हात पारे । 

१६६ रनको लक्ष्य पछ्याएको कोलकाताका लागि अंगकृष रघुवंशीले उत्कृष्ट अर्धशतकीय पारी खेले । उनले ४७ बलमा ५९ रन बनाए । कप्तान अजिंक्य रहाणेले पनि महत्त्वपूर्ण ४३ रनको योगदान दिए । रघुवंशी र रहाणेबिच दोस्रो विकेटका लागि ८४ रनको महत्त्वपूर्ण साझेदारी भएको थियो ।

इनिङ्सको अन्त्यमा रिंकु सिंहले ११ बलमा अविजित २२ रन बनाउँदै टिमलाई जित दिलाए । बलिङतर्फ, हैदराबादका लागि प्याट कमिन्स, शिवाङ कुमार र साकिब हुसेनले समान १–१ विकेट लिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप