नेपालको प्रेस नोटलाई जवाफ दिँदै भारतले भन्यो– दाबीहरू ऐतिहासिक तथ्य र प्रमाणमा आधारित छैन
सारांश
- भारत सरकारले लिपुलेक नाका हुँदै हुने कैलाश मानसरोवर यात्राबारे आफ्नो धारणा पुनः स्पष्ट पारेको छ ।
- नेपाल सरकारले लिपुलेक हुँदै कैलाश मानसरोवर यात्रा खुल्ला गर्ने चीन र भारतको निर्णयमा ध्यानाकर्षण भएको जनाएपछि भारतको यस्तो प्रतिक्रिया आएको हो ।
- भारतले नेपालका सीमासम्बन्धी दाबीहरू ऐतिहासिक तथ्य र प्रमाणमा आधारित नभएको भन्दै एकपक्षीय रूपमा क्षेत्रीय दाबी विस्तार गर्नु व्यवहारिक रूपमा स्वीकार्य नहुने बताएको छ ।
काठमाडौँ । भारत सरकारले लिपुलेक नाका हुँदै हुने कैलाश मानसरोवर यात्राबारे आफ्नो धारणा पुनः स्पष्ट परेको छ ।
चीन र भारतले लिपुलेक हुँदै कैलाश मानसरोवर यात्रा खुल्ला गरेपछि नेपाल सरकारले आइतबार प्रेस नोट जारी गर्दै त्यसमा आफ्नो ध्यानाकर्षण भएको जनाएपछि भारतको तर्फबाट यस्तो प्रतिक्रिया आएको हो ।
भारतको विदेश मन्त्रालयले आइतबार सार्वजनिक गरेको वक्तव्यमा नेपालका तर्फबाट उठाइएका सीमासम्बन्धी दाबीहरूबारे प्रतिक्रिया दिँदै आफ्नो अडान सुस्पष्ट र निरन्तर रहेको उल्लेख गरेको हो । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले लिपुलेक नाका सन् १९५४ देखि नै कैलाश मानसरोवर यात्राका लागि प्रयोग हुँदै आएको र यो कुनै नयाँ विकास नभएको उल्लेख गरेका छन् ।
“भारतले यस्ता क्षेत्रीय दाबीहरू ऐतिहासिक तथ्य र प्रमाणमा आधारित नभएको ठान्दै आएको छ । एकपक्षीय रूपमा क्षेत्रीय दाबी विस्तार गर्नु व्यवहारिक रूपमा स्वीकार्य हुँदैन ।” व्यक्तव्यमा भनिएको छ । साथै, भारतले नेपालसँग द्विपक्षीय सम्बन्धअन्तर्गत रहेका सबै विषयमा रचनात्मक संवादका लागि भारत तयार रहेको पनि जनाएको छ । सीमासम्बन्धी बाँकी रहेका विषयहरू कूटनीतिक माध्यमबाट समाधान गर्न सकिने विश्वास व्यक्त गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
जलवायु संकटको चक्रव्यूहमा नेपाल, इतिहासकै गम्भीर संकट
-
रास्वपा महाधिवेशन : आज निर्वाचन प्रक्रिया अघि नबढ्ने
-
२० हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर नै चोरी !
-
व्यापार घाटा १५.६७ प्रतिशतले बढ्यो, १५७ मध्ये १२३ देशसँग घाटा
-
नाचगानमा रास्वपा महाधिवेशन प्रतिनिधि (भिडियाेसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण