मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
आईपीएल

मुम्बईलाई लखनउको चुनौती : प्लेअफको दौडमा टिकिरहन दुवैलाई जित्नैपर्ने दबाब

सोमबार, २१ वैशाख २०८३, ११ : ३३
सोमबार, २१ वैशाख २०८३

सारांश

  • आईपीएलमा सोमबार मुम्बई इन्डियन्स र लखनउ सुपर जायन्ट्सबीच रोमान्चक भिडन्त हुँदैछ।
  • आज आफ्नै घरेलु मैदानमा पराजित भए मुम्बईको टोली प्लेअफको दौडबाट पूर्ण रूपमा बाहिरिनेछ भने लखनउ सुपर जायन्ट्ससँग पनि प्लेअफको सम्भावना कायम राख्ने यो अन्तिम मौका हो।
  • यस सिजनमा यी दुई टोली पहिलो पटक आमनेसामने हुँदैछन् र हालसम्मको खेलमा लखनउको दबदबा रहेको छ।

मुम्बई । आईपीएलमा सोमबार मुम्बई इन्डियन्स र लखनउ सुपर जायन्ट्सबीच रोमान्चक भिडन्त हुँदैछ। 

यो खेल मुम्बईको घरेलु मैदान वानखेडेमा बेलुका ७:४५ बजे सुरु हुनेछ। यस सिजनमा यी दुई टोली पहिलो पटक आमनेसामने हुँदैछन्।

आज आफ्नै घरेलु मैदानमा पराजित भए मुम्बईको टोली प्लेअफको दौडबाट पूर्ण रूपमा बाहिरिनेछ। अर्कोतर्फ लखनउ सुपर जायन्ट्ससँग पनि प्लेअफको सम्भावना कायम राख्ने यो अन्तिम मौका हो। दुवै टोलीसँग हाल समान ८/८ अंक छ।

मुम्बईविरुद्ध लखनउ बलियो

यी दुई टोलीबीच हालसम्म कुल ८ खेल भएका छन्। यसमा लखनउ सुपर जायन्ट्सले आफ्नो दबदबा कायम राख्दै ६ खेलमा जित हात पारेको छ भने मुम्बई इन्डियन्सले केवल २ खेलमा मात्र सफलता पाएको छ। 

वानखेडे मैदानमा यी दुई टोली तीन पटक भिडेका छन्। यसमा दुई पटक लखनउ र एक पटक मुम्बई विजयी भएको छ।

ghaznafar

रिकल्टन र गजनफर लयमा

यस सिजनमा मुम्बई इन्डियन्सका लागि रायन रिकल्टन र अल्लाह गजनफरले सानदार प्रदर्शन गरेका छन्। रिकल्टनले ७ खेलमा १७७.८४ को स्ट्राइक रेटमा २९७ रन बनाएका छन् जसमा एक शतक र एक अर्धशतक समावेश छ। गजनफरले ७ खेलमा ११ विकेट लिएर टोलीका सर्वाधिक विकेट लिने खेलाडी बनेका छन्।

mitchell marsh

फर्ममा मार्श र प्रिन्स यादव

लखनउको तर्फबाट मिचेल मार्श र प्रिन्स यादवले राम्रो प्रदर्शन गरेका छन्। मार्शले ८ खेलमा २१२ रन बनाएका छन्। उनको स्ट्राइक रेट १३३.३३ रहेको छ र उनले एक अर्धशतक पनि प्रहार गरिसकेका छन्। प्रिन्सले ८ खेलमा १३ विकेट लिएका छन्।

जसमा रहनेछ नजर 

  • नमन धीर 

naman dhir

तिलक वर्माको खराब फर्मले गर्दा नमन धीरले माथिल्लो क्रममा ब्याटिङ गर्ने अवसर पाए अनि उनले टोलीलाई निराश पारेका छैनन्। तेस्रो र चौथो नम्बरमा ब्याटिङ गर्दै उनले पाँच इनिङ्समा दुई अर्धशतक र एउटा ४५ रनको पारी खेलेका छन्। 

समग्रमा १४७.४६ को स्ट्राइक रेटमा उनले बनाएको २३३ रन मुम्बईका लागि रिकल्टनको २९७ रनपछिको दोस्रो सर्वाधिक हो। धीरको क्षमता यो भन्दा अझै धेरै माथि भएको कुरा उनलाई र मुम्बई दुवैलाई राम्ररी थाहा छ।

  • मोहसिन खान

mohsin khan

अन्ततः मोहसिन खानले चोटको समस्यालाई पछाडि छाडेको देखिन्छ। यस सिजनमा अहिलेसम्म केवल चार खेल खेले पनि उनको नौ विकेट लखनउका लागि प्रिन्स यादवको आठ खेलमा १३ विकेटपछिको दोस्रो उत्कृष्ट प्रदर्शन हो। 

त्यति मात्र होइन, मोहसिनको ६.३७ को इकोनोमी रेट लिगमा कम्तीमा पाँच ओभर बलिङ गर्ने कुनै पनि बलरको भन्दा उत्कृष्ट हो। लखनउले चाहेजस्तो नतिजा नपाए पनि मोहसिनको प्रदर्शन टोलीका लागि निकै सकारात्मक पक्ष बनेको छ।

पिच तथा मौसम रिपोर्ट

मुम्बईको वानखेडे रंगशालाको पिचले सामान्यतया ब्याटरलाई सहयोग गर्छ। वानखेडेमा भएका ४ मध्ये ३ खेलमा २०० रनभन्दा बढीको स्कोर बन्नुले नै यसलाई प्रस्ट पार्छ। 

केवल एक खेलमा मात्र टोलीहरूले २०० को आँकडा पार गर्न सकेनन्। मुम्बईले पञ्जाबविरुद्धको उक्त खेलमा १९५ रन बनाएको थियो, जसको जवाफमा पञ्जाबले १९८ रन बनाउँदै जित हात पारेको थियो।

मौसमको कुरा गर्दा मुम्बईमा धेरै गर्मी छ। त्यहाँ वर्षाको सम्भावना पटक्कै छैन। सोमबार मुम्बईको न्यूनतम तापक्रम २८ र अधिकतम तापक्रम ३५ डिग्री सेल्सियसको आसपास रहनेछ। त्यहाँ प्रतिघण्टा १७ देखि ३५ किलोमिटरको गतिमा हावा चल्ने अनुमान गरिएको छ।

टोली समाचार

यदि रोहित उपलब्ध भएमा उनले रोबिन मिन्जको स्थान लिनेछन् र रायन रिकल्टनसँग ओपनिङ गर्नेछन्।

त्यसो भएमा विल ज्याक्स तल्लो क्रममा झर्नेछन्। अहिलेसम्म प्रभाव छाड्न नसकेका क्रिश भगतको स्थानमा शार्दुल ठाकुर पनि टोलीमा पर्न सक्छन्।

  • सम्भावित मुम्बई इन्डियन्स : १. विल ज्याक्स, २. रायन रिकल्टन (विकेटकिपर), ३. नमन धीर, ४. सूर्यकुमार यादव, ५. तिलक वर्मा, ६. हार्दिक पाण्ड्या (कप्तान), ७. रोबिन मिन्ज, ८. शार्दुल ठाकुर, ९. ट्रेन्ट बोल्ट, १०. एएम गजनफर, ११. जसप्रीत बुमराह, १२. रघु शर्मा।

जोस इङ्ग्लिसले यस सिजनको आफ्नो पहिलो खेल खेल्ने अपेक्षा गरिएको छ। यदि लखनउले इङ्ग्लिस र निकोलस पुरन दुवैलाई खेलाएमा जर्ज लिन्डे बेन्चमा बस्नुपर्नेछ।

  • सम्भावित लखनउ सुपर जायन्ट्स : १. मिचेल मार्श, २. एडेन मार्करम, ३. ऋषभ पन्त (कप्तान तथा विकेटकिपर), ४. जोस इङ्ग्लिस वा निकोलस पुरन, ५. आयुष बदोनी, ६. हिम्मत सिंह, ७. मुकुल चौधरी, ८. जर्ज लिन्डे, ९. मोहम्मद शामी, १०. प्रिन्स यादव, ११. दिगवेश राठी, १२. मोहसिन खान।

तथ्याङ्क तथा रोचक जानकारी

• सबै टी-२० खेलहरूमा बुमराहले मिचेल मार्शविरुद्ध २८ बलमा केवल २८ रन र एडेन मार्करमविरुद्ध २९ बलमा २६ रन मात्र खर्चिएका छन्। उनले दुवैलाई एक-एक पटक आउट पनि गरेका छन्।

• बुमराहले ऋषभ पन्तलाई पनि सताएका छन्। आईपीएलमा ४६ बलमा ५५ रन दिँदै बुमराहले पन्तलाई सात पटक आउट गरेका छन्। यस्तै, समग्र टी-२० क्रिकेटमा पुरनले बुमराहविरुद्ध २२ बलमा मात्र १७ रन बनाएर दुई पटक आउट भएका छन्।

• यस सिजनको पावरप्लेमा कम्तीमा दश ओभर बलिङ गर्ने बलरहरूमध्ये मोहम्मद शामीको इकोनोमी रेट (६.८९) सबैभन्दा उत्कृष्ट रहेको छ।

• मोहसिनले हार्दिक पाण्ड्यालाई १० बलमा जम्मा आठ रन दिएर दुई पटक आउट गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप