सुकुमवासीलाई मध्यपुरथिमि र चाँगुनारायणका दुई ‘सेल्टर’मा आवास
भक्तपुर । काठमाडौँ उपत्यकाका विभिन्न सुकुमवासी बस्तीबाट विस्थापित भएकाहरुलाई भक्तपुरको दुई ‘सेल्टर’मा आश्रय दिएको छ ।
भक्तपुरको खरिपाटीस्थित चाँंगुनारायण नगरपालिकास्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्र र मध्यपुरथिमि नगरपालिकास्थित कृषि विकास तालिम केन्द्रको भवनमा सेल्टरका रुपमा अस्थायी बासस्थनको व्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।
यहाँ ल्याइएका सुकुमवासीलाई खाने र बस्ने निःशुल्क व्यवस्था गरेको छ । खरिपाटीस्थित तालिम केन्द्रमा १४० जना सुकुमवासीलाई राखिएको छ भने यहाँ राखिएकाहरुलाई होस्टेलमा परिवार–परिवार छुटाएर फरक कोठामा राखिएको छ ।
यसअघि कोरोना भाइरसको महामारीमा पहिलो पटक चीनबाट ल्याइएका नेपाली विद्यार्थीलाई सोही स्थानमा ४५ दिनसम्म राखिएको थियो । त्यसपछि कोरोना सङ्क्रमितलाई पनि राखिएको यस केन्द्रमा २५० जना अट्ने क्षमताको रहेको केन्द्रले जानकारी दिएको छ ।
टेकु सुकुमवासी बस्तीबाट सरकारले आफूहरुलाई गाडीमा राखेर यहाँं पु-याइएको बताउँदै केही सुकुमवासीले तत्काल भए पनि खानबस्न पाइरहेको बताए । यहाँ राखिएका सकुमवासीहरुको अवस्था बुझ्नका लागि प्रधानमन्त्री कार्यालयअन्तर्गतको सचिवालयको एउटा टोली आइतबार यहाँ आएको थियो ।
त्यसैगरी, सरकारले ३९ जना सुकुमवासीलाई मध्यपुरथिमिको सिन्टिटारस्थित कृषि विकास बैङ्कको तालिम केन्द्रमा राखेको छ । उनीहरुको पनि आवास र खानाको व्यवस्था गरेको छ ।
दुवै सेल्टरमा रहेका सुकुमवासीका लागि वाग्मती प्रदेश सरकारका स्वास्थ्यमन्त्री किरण थापामगर र स्वास्थ्य सचिव डा सुमित्रा गौतमले तत्काल स्वास्थ्य सेवा पु-याउन निर्देशन दिएका छन् ।
जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख अञ्जना खड्काले आइतबार सरकारले सुकमवासी राखेको मध्यपुरथिमि र चाँगुनारायणको दुवै सेल्टरमा भक्तपुर अस्पतालको चिकित्सकसहितको टोलीले सामान्य स्वास्थ्य परीक्षण गरेको र आज दुवै सेल्टरमा स्वास्थ्य शिविर, औषधि वितरण र मनोपरामर्श सेवा उपलब्ध गराउने जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीले ल्यायो ३३ अर्ब ९९ करोडको बजेट, के छन् बजेटका प्राथमिकता ? (पूर्णपाठ)
-
सुदूरपश्चिम प्रदेशको बजेट भाषणमा ढिलाइ
-
लुम्बिनी प्रदेशमा स्थानीय तहका लागि ५ अर्ब ५२ करोड विनियोजन
-
काेशी प्रदेश सरकारले ल्यायाे ४० अर्ब ४४ करोड ५८ लाखको बजेट (पूर्णपाठ)
-
बागमतीमा खानेपानी र सिँचाइ मन्त्रालयका लागि ८ अर्ब ९० करोड रुपैयाँ बजेट
-
कहाँ अड्कियो ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्ति प्रक्रिया ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण