सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

१० महिनामा एक हजार ३१  सवारीको प्रदूषण परीक्षण, ७२ प्रतिशत डिजेल गाडी फेल

सोमबार, २१ वैशाख २०८३, १७ : २१
सोमबार, २१ वैशाख २०८३

सारांश

  • काठमाडौँ महानगरपालिकाले उपत्यकाको वायु प्रदूषण न्यूनीकरणका लागि सवारी साधनहरूको प्रदूषण जाँच कार्यलाई तीव्रता दिएको छ।
  • चालु आर्थिक वर्षको दश महिनामा १ हजार ३१ सवारी साधनको प्रदूषण परीक्षण गर्दा ७२ प्रतिशत डिजेल गाडी प्रदूषण मापदण्डमा फेल भएका छन्।
  • प्रदूषण परीक्षणमा असफल भएका सवारी साधनहरूलाई कारबाही र मर्मत गरी मापदण्ड पूरा गरेर मात्र सञ्चालन गर्न निर्देशन दिइएको छ।

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले उपत्यकाको वायु प्रदूषण न्यूनीकरणका लागि सवारी साधनहरूको प्रदूषण चेकजाँच कार्यलाई तीव्रता दिएको छ। 

महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले उपत्यका ट्राफिक प्रहरी कार्यालयसँगको सहकार्यमा महानगर क्षेत्रभित्र गुड्ने सवारी साधनहरूको नियमित स्थलगत अनुगमन गरिरहेको छ ।

चालु आर्थिक वर्ष २०८२र०८३ को दश महिनामा गरिएको जाँचका क्रममा डिजेलबाट चल्ने सवारी साधनहरू अत्यधिक मात्रामा प्रदूषण फैलाउने अवस्थामा पाइएका छन्।  विभागका अनुसार यस अवधिमा कुल १ हजार ३१ वटा सवारी साधनको प्रदूषण परीक्षण गरिएको थियो ।

डिजेल गाडीबाट धेरै प्रदूषण

अनुगमनका क्रममा डिजेलबाट चल्ने ४५६ वटा सवारी साधनको परीक्षण गर्दा मात्र १२७ वटा सवारी साधनले तोकिएको मापदण्ड पूरा गरेका छन् । बाँकी ३३० वटा सवारी साधन ९करिब ७२ प्रतिशत० प्रदूषण परीक्षणमा असफल (फेल) भएका छन्।

त्यसैगर पेट्रोलबाट चल्ने ५७५ वटा सवारी साधनको पनि परीक्षण गरिएको थियो । जसमध्ये ५३९ वटा सवारी साधन पास भएका छन् भने ३६ वटा सवारी साधन फेल भएको विभागले जनाएको छ । 

पेट्रोल गाडीको तुलनामा डिजेल गाडीहरूले वायु प्रदूषणमा बढी नकारात्मक असर पुर्‍याइरहेको तथ्याङ्कले देखाउँछ।

फेल हुनेलाई कारबाही र मर्मतको निर्देशन

प्रदूषण परीक्षणमा असफल भएका सवारी साधनहरूलाई उपत्यका ट्राफिक प्रहरी कार्यालयले तत्कालै कानुनी दायरामा ल्याएको महानगरको वातावरण विभागले जनाएको छ। 

विभागले त्यस्ता सवारी साधनका धनीहरूलाई आवश्यक मर्मत सम्भार गरी तोकिएको वातावरणीय मापदण्ड पूरा गरेर मात्र सवारी सञ्चालन गर्न सुझाव दिएको छ। 

मापदण्ड विपरीतका सवारी चलाउँदा उपत्यकाको वायुको गुणस्तर खस्कँदै गएकाले महानगरले यस कार्यमा शून्य सहनशीलता अपनाउने विभागले जनाएको छ।

वातावरण व्यवस्थापन विभागका अनुसार सवारी साधनबाट निस्कने धुवाँ उपत्यकाको वायु प्रदूषणको मुख्य स्रोतमध्ये एक हो। 

शहरी क्षेत्रको जनस्वास्थ्यमा परिरहेको गम्भीर असरलाई मध्यनजर गर्दै महानगरले नियमित रूपमा सडकमा नै उपकरण राखेर सवारी साधनको अवस्था जाँच गर्दै आएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप