यातायात व्यवसायी महासंघको महाधिवेशनः भड्किलो प्रचारमा रोक, कडा आचारसंहिता
काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको आगामी सातौँ राष्ट्रिय महाधिवेशनका लागि निर्वाचन तयारी समितिले उम्मेदवारहरूका लागि कडा ‘प्रचार प्रसार आचार संहिता–२०८३’ सार्वजनिक गरेको छ ।
चुनावी प्रतिस्पर्धालाई मर्यादित, कम खर्चिलो र व्यवस्थित बनाउने उद्देश्यले महासंघले यो कदम चालेको हो ।
महासंघको केन्द्रीय कार्यालयद्वारा जारी गरिएको आचारसंहितामा यसपटक प्रचारप्रसारका परम्परागत र तडकभडकपूर्ण शैलीमा पूर्ण रूपमा बन्देज लगाइएको छ ।
आचारसंहिताको पहिलो बुँदामै कुनै पनि प्रकारका भौतिक वा डिजिटल पर्चा, पम्पलेट र ब्यानरहरूको प्रकाशन तथा वितरणमा पूर्ण रोक लगाइएको उल्लेख छ । विगतका निर्वाचनहरूमा हुने अत्यधिक खर्च र फोहोरलाई नियन्त्रण गर्न महासंघले यस्तो कडा नीति लिएको हो ।
उम्मेदवारहरूले आफ्नो परिचय खुलाउन निश्चित मापदण्डभित्र रहेर कार्ड भने प्रयोग गर्न पाउनेछन् । जसअनुसार 'ए फोर' साइजको फोटोसहित परिचय पत्र, सामान्य ‘भिजिटिङ कार्ड’ को साइजमा फोटोसहितको परिचय कार्ड प्रयोग गर्न पाउने उल्लेख छ । तर यीबाहेक अन्य कुनै पनि आकार वा प्रकारका प्रचार सामग्री वितरण गर्न पाइने छैन ।
साथै पछिल्लो समय सामाजिक सञ्जालमा हुने गालीगलौज र दुरुपयोगलाई रोक्न महासंघले विशेष निर्देशन दिएको छ । उम्मेदवारहरूले सामाजिक सञ्जाल प्रयोग गर्दा शिष्ट, सभ्य र मर्यादित भाषाको मात्र प्रयोग गर्नुपर्नेछ । निर्वाचन तयारी समितिले यी नियमहरूको अक्षरसः पालना गर्न सबै उम्मेदवारहरूलाई कडा निर्देशन दिएको छ ।
महासंघको सातौँ राष्ट्रिय महाधिवेशन आगामी वैशाख २७ देखि २९ गतेसम्म पर्यटकीय नगरी पोखरामा आयोजना हुँदै छ । यस महाधिवेशनले महासंघको आगामी नेतृत्व चयन गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण