अर्को विवाह गर्ने एकल महिलाले अब पुर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने *
काठमाडौँ । सर्वोच्च अदालतले मुलुकी देवानी संहिता, २०७४ को दफा २१४(२) लाई बदर गरेको छ । उक्त व्यवस्था संविधानमा उल्लेखित समानताको हकको प्रतिकूल रहेको भन्दै दायर रिट निवेदनमाथि सुनुवाइ गर्दै अदालतले विवादित कानुनी व्यवस्था खारेज गरेको हो ।
सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरू कुमार रेग्मी, हरिप्रसाद फुयाँल, मनोजकुमार शर्मा र नहकुल सुवेदीको संवैधानिक इजलासले मुलुकी देवानी संहिता, २०७४ को दफा २१४(२) लाई बदर गरेको हो ।
महिला कानुन विकास मञ्चका तर्फबाट वरिष्ठ अधिवक्ता मिरा ढुङ्गाना समेतले दायर गरेको रिटमा सर्वोच्चले यस्तो फैसला गरेको हो । मुलुकी देवानी संहिता, २०७४ को दफा २१४(२) मा विधवाले अर्को विवाह गरेमा निजले अंशबापत पाएको सम्पत्ति त्यस्ती विधवाको अघिल्लो पतितर्फ छोराछोरी भएमा त्यस्ता छोराछोरीले र नभएमा निज आफैँले लिन पाउने व्यवस्था थियो ।
अब कुनै पनि एकल महिलाले अंशबापत पाएको सम्पत्ति सँगै लैजान पाउनेछिन् । पहिला छोराछोरी हुँदा एकल महिलाले पूर्वपतिको सम्पत्ति लैजान नपाइने व्यवस्था थियो । सो व्यवस्था हटेसँगै अब महिलाले पाएको अंश फिर्ता गर्न नपर्ने भएको हो ।
(*यसअघि गल्तिबस छापिएको शीर्षक र समाचार सच्याइएको छ – सम्पादक)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण