बाढी र पहिरोका कारण देशभरका केही मुख्य सडक खण्डहरू अवरुद्ध
काठमाडौँ । देशका विभिन्न भू–भागमा आएको बाढी र पहिरोका कारण केही मुख्य सडक खण्डहरू अवरुद्ध भएका छन् । आज साँझ ७ बजेसम्म प्राप्त जानकारीअनुसार विभिन्न प्रदेशका प्रमुख राजमार्ग तथा सडक खण्डहरूमा यातायात प्रभावित भएका नेपाल प्रहरीले जनाएको छ ।
जसअनुसार,
कान्तिलोकपथ सडक खण्डअन्तर्गत ललितपुरको बागमती गाउँपालिका–३, भालुखोलास्थित सडक पहिरोका कारण पूर्ण रुपमा अवरुद्ध छ । त्यस्तै भोजपुर नगरपालिका–५, बोखिमस्थित मध्य पहाडी लोकमार्ग बाढीका कारण हाल एकतर्फी रूपमा सञ्चालनमा आएको छ ।
अरनिको राजमार्गको भोटेकोशी गाउँपालिका–२, कोदारीको ईकु पहिरोले वैशाख १६ गतेदेखि अवरुद्ध सडक वैशाख २० गतेदेखि सुचारु भए पनि फेरि बन्द गरिएको छ ।
भीमफेदी गाउँपालिका–६, भ्याङडाँडास्थित कान्तिलोकपथ सडक खण्ड पनि पहिरोले गर्दा पूर्ण रुपमा अवरुद्ध छ । यो सडक वैशाख २२ गतेदेखि बन्द भएको हो ।
त्यस्तै अन्नपूर्ण गाउँपालिका–३, जलथलेस्थित बेनी–जोमसोम सडकखण्ड वैशाख १६ गते साँझदेखि पहिरोका कारण एकतर्फी मात्र सुचारु छ । यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न वा सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण