कांग्रेसका महाधिवेशन गर्न नसक्ने भ्रातृ सङ्घहरू विघटन, नयाँ कार्यसमिति गठनको जिम्मा सभापतिलाई
सारांश
- नेपाली कांग्रेसले समयमै महाधिवेशन सम्पन्न गर्न नसकेका अधिकांश भ्रातृ सङ्घहरूलाई विघटन गर्ने निर्णय गरेको छ ।
- म्याद सकिएका भ्रातृ सङ्घका केन्द्रीय समितिहरू स्वतः विघटन भएको ठहर गर्दै पार्टी सभापति गगन थापालाई नयाँ कार्यसमिति गठनको जिम्मा दिइएको छ ।
- नेपाल तरुण दल र नेपाल दलित सङ्घका केन्द्रीय अध्यक्षहरूले राजीनामा दिएपछि ती सङ्घसहित म्याद सकिएका सबै भ्रातृ सङ्घका केन्द्रीय समितिहरू स्वतः विघटन भएका हुन् ।
काठमाडौँ । नेपाली कांग्रेसले समयमै महाधिवेशन गर्न नसकेका अधिकांश भ्रातृ सङ्घहरूलाई विघटन गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले तोकिएको समयसीमाभित्र महाधिवेशन सम्पन्न गर्न नसक्ने र अधिवेशनको आधार समेत नदेखिएका भ्रातृ सङ्घका केन्द्रीय समितिहरू स्वतः विघटन भएको ठहर गरेको हो ।
पार्टीले यसअघि तदर्थ समिति गठन गरिएका भ्रातृ सङ्घहरूलाई २०८१ चैत्र मसान्तभित्र महाधिवेशन सम्पन्न गर्न अल्टिमेटम दिएको थियो । पछि, २०८२ असार १६ देखि २३ सम्म बसेको केन्द्रीय कार्यसमितिको बैठकले कार्यतालिका प्रस्तुत गरेका सङ्घहरूको हकमा मात्र समयावधि थप गरेको थियो । तर, निर्देशक समितिले सहजीकरण गर्दा समेत अधिकांश सङ्घले कार्यतालिका पालना नगरेको र अधिवेशन गर्ने ठोस आधार नदेखिएको कांग्रेसले जनाएको छ ।
यसैबिच, नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरुङ र नेपाल दलित सङ्घका केन्द्रीय अध्यक्ष लोकबहादुर विश्वकर्माले आफ्नो पदबाट राजीनामा दिइसकेका छन् । सोही कारण ती सङ्घसहित म्याद सकिएका सबै भ्रातृ सङ्घका केन्द्रीय समितिहरू स्वतः विघटन भएका हुन् ।
प्रवक्ता देवराज चालिसेका अनुसार म्याद सकिएका ती समितिहरूले म्याद समाप्त भएको अवधिपछि गरेका सम्पूर्ण निर्णय र मनोनयनहरूलाई समेत ’स्वतः अवैध’ ठहर गरिएको छ ।
उनले महाधिवेशन हुन नसकेका भ्रातृ सङ्घहरूको सम्बन्धमा अब नयाँ व्यवस्था गर्ने जिम्मा पार्टी सभापति गगन थापालाई दिइएको बताए । नेपाली कांग्रेसको विधानको धारा ४२(१) बमोजिम ती सङ्घहरूको महाधिवेशन सुनिश्चित गर्न आवश्यक व्यवस्था र नयाँ तदर्थ समिति निर्माणका लागि सभापतिलाई पूर्ण जिम्मेवारी प्रदान गरिएको हो ।
अन्य भ्रातृ सङ्घहरू विघटन भए पनि नेपाल थारु सङ्घको हकमा भने केही फरक निर्णय भएको छ । थारु सङ्घले आगामी २०८३ जेठ १६ र १७ गते महाधिवेशन गर्ने मिति तय गरिसकेको हुनाले सो अवधिसम्मका लागि उक्त सङ्घको कार्यसमितिको समयावधि थप गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेले किटान गरेका शत्रु काे–काे हुन् ?
-
यी हुन् रास्वपामा रवि लामिछानेले देखेका चुनौती
-
लामो समय लाइन बस्दा पनि उम्मेदवारी फारम नपाएपछि प्रतिनिधिहरू आक्रोशित
-
नेपाल शिक्षण संस्था सर्वेक्षण, २०८१ को नतिजा सार्वजनिक
-
पहिलोपल्ट अधिकांश पालिकामा छन् हाकिम, १८ मात्र निमित्तको भरमा
-
गृहमन्त्रीको अमलेटमा काँडा भेटिएको लर्ड्स होटललाई ३ लाख रुपैयाँ जरिबाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण