कांग्रेस मकवानपुरको आपत्ति–मुख्यमन्त्रीमाथि राजनीतिक पूर्वाग्रह साँधियो
हेटौँडा । नेपाली कांग्रेस मकवानपुरले बागमती प्रदेशका सभापति तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँविरुद्ध हालै चालिएको कदमप्रति गम्भीर आपत्ति जनाएको छ ।
जिल्ला सभापति बुद्ध लामाद्वारा जारी गरेको प्रेस विज्ञप्तिमा सरकारद्वारा सम्पत्ति शुद्धीकरण अनुसन्धानको नाममा अस्वाभाविक तथा राजनीतिक पूर्वाग्रहबाट प्रेरित कार्य गरिएको आरोप लगाइएको छ । विज्ञप्तिमा यस्तो कदमले लोकतान्त्रिक मूल्य–मान्यता र विधिको शासनमाथि प्रत्यक्ष प्रहार गरेको उल्लेख गरिएको छ ।
जिल्ला सभापति बुद्ध लामा द्वारा हस्ताक्षरित उक्त विज्ञप्तिमा सामान्य सूचना र संवैधानिक प्रक्रिया अवलम्बन नगरी गरिएको अनुसन्धानप्रति आपत्ति जनाउँदै निष्पक्षता र पारदर्शिताको सिद्धान्तविपरीत गतिविधि अस्वीकार्य हुने स्पष्ट पारिएको छ ।
कांग्रेस मकवानपुरले लामो समयदेखि सुशासन, पारदर्शिता र भ्रष्टाचारमुक्त समाज निर्माणमा प्रतिबद्ध व्यक्तित्वमाथि गरिएको व्यवहारप्रति असन्तुष्टि जनाउँदै अनुसन्धानका नाममा गरिने कुनै पनि कार्य कानुनी प्रक्रिया र मानवीय मर्यादाभित्र रहनुपर्ने जनाएको छ ।
विज्ञप्तिमा राज्यका निकायहरूद्वारा गरिने अनुसन्धानमा पूर्ण सहयोग रहने उल्लेख गर्दै लोकतन्त्र, मानवअधिकार र विधिको शासनको सम्मान हुनुपर्नेमा जोड दिइएको छ। साथै, यस्ता घटनाले सरकारको नियतमाथि प्रश्न उठाउने भन्दै पार्टीले कडा शब्दमा भर्त्सना गरेको छ ।
आज दिउँसो मुख्यमन्त्री बाँनियाँको हेटौँडा–५ स्थित निवास र उनकै स्वामित्वमा रहेको बानियाँ निर्माण सेवाको विभिन्न स्थानमा रहेका कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको टोलीले छापा मारेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण