उद्योग वाणिज्य महासंघमा आज निर्वाचन, दुई समूहबिच प्रतिस्पर्धा
मङ्गलबार, २२ वैशाख २०८३, ०८ : १७
सारांश
- नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदैछ।
- वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ स्वतः अध्यक्ष बन्नेछन् भने उपाध्यक्ष र कार्यकारिणी सदस्यका लागि मतदान हुनेछ।
- निर्वाचनमा अञ्जन श्रेष्ठ समर्थित समूह र हेमराज ढकाल नेतृत्वको समूहबीच प्रतिस्पर्धा हुनेछ।
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदै छ। विधानअनुसार वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ स्वतः अध्यक्ष बन्नेछन् भने उपाध्यक्ष र कार्यकारिणी सदस्यका लागि मतदान हुन लागेको हो।
निर्वाचनमा अञ्जन श्रेष्ठ समर्थित समूह र उपाध्यक्ष हेमराज ढकाल नेतृत्वको समूहबिच प्रतिस्पर्धा छ। दुवै पक्षले उपाध्यक्ष र कार्यकारिणी सदस्य पदका लागि आफ्ना उम्मेदवार अघि सारेका छन्।
महासंघको ७३ पदका लागि १३७ व्यवसायी उम्मेदवार छन्। मतदान बिहान ८ बजेदेखि साँझ ४ बजेसम्म कमलादीस्थित प्रज्ञा भवनमा हुनेछ र त्यसपछि मतगणना गरिनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इंग्ल्यान्डविरुद्ध मेस्सीले जे गरे, यही कारण उनी फुटबलका बादशाह हुन्
-
पर्याप्त वर्षा भएपछि रोपाइँ तीव्र
-
डोलेश्वरमा श्रावणी मेला, ५० लाख भक्तजन आउने अनुमान
-
सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण