तस्बिरमा हेर्नुहोस् सिङ्ला गाउँको जनजीवन
सारांश
- सिङ्ला गाउँ गोरखाको धार्चे गाउँपालिका– ५ मा समुद्र सतहदेखि करिब २१०० मिटरको उचाइमा अवस्थित छ।
- यो गाउँ लोवर मनास्लु ट्रेकिङ पदमार्गमा पर्दछ र यहाँका बासिन्दाको मुख्य पेसा कृषि, ट्रेकिङ र वैदेशिक रोजगार हो।
- २०७२ को भूकम्पले क्षतिग्रस्त भएको सिङ्ला गाउँ बिस्तारै उठ्दैछ र यहाँबाट गणेश, शृङ्गी, बौद्ध लगायतका हिमाल देख्न सकिन्छ।
गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिका– ५ मा अवस्थित सिङ्लामा करिब २ सय भन्दा धेरै घरधुरी रहेको झुरुप्प बस्ती छ । गुरुङ समुदायको बसोबास रहेको सिङ्ला गाउँ समुद्र सतहदेखि करिब २१०० मिटरमा अवस्थित छ।
गुप्सिपाखा, लाप्राक गाउँदेखि करिब २.३० घण्टा दुरीमा रहेको यो गाउँ लोवर मनास्लु ट्रेकिङु पदमार्ग अन्तर्गत पर्दछ। यहाँको प्रमुख पेसा कृषि, ट्रेकिङ र वैदेशिक रोजगार हो। २०७२ सालको भूकम्पले सम्पूर्ण गाउँ खण्डहर बनेको थियो। हाल गाउँ बिस्तारै उठ्न थालेको छ।

गोरखा जिल्लाको निकै दुर्गम गाउँ रूपमा रहेको सिङ्लामा कच्ची ट्रयाक खोलिए पनि सवारी साधन भने अहिले सम्म पनि पुग्न सकेको छैन जसका कारण सो गाउँका स्थानीयहरू घण्टौँ पैदल हिँड्न बाध्य छन् ।
जिल्लाकै माछाखोला, लाप्राक र बारपाकदेखि खाद्यन्न लगायत दैनिक उपभोग्य समान बोकेर र खच्चर प्रयोग पारेर घण्टौँ समय लगाएर त्यहाँ पुर्याउने गरिन्छ ।

पर्यटकीय दृष्टिकोणले अति नै सुन्दर यस गाउँबाट गणेश, शृङ्गी, बौद्ध लगायत हिमालको अवलोकन गर्न सकिन्छ। गाउँबाट करिब २ घण्टाको उकालो दुरीमा ३२५० मिटरमा अति रमणीय रुकाङ डाँडा पर्दछ। गाउँमा गुरुङ समुदायको रहनसहन, संस्कृति, अर्ग्यानिक खाना र मिठो आतिथ्यको स्वाद लिन पाइन्छ। तस्बिर : नेपाल फोटो लाइब्रेरी





















Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण