कुरासाओका गोलरक्षकले तोडे १० वर्ष पुरानो विश्वकप रेकर्ड
सारांश
- कुरासाओका गोलरक्षक इलोय रुमले विश्वकपको इतिहासमा ९० मिनेटभित्र सबैभन्दा धेरै बचाउ गर्ने नयाँ कीर्तिमान राखेका छन् ।
- उनले इक्वेडरविरुद्धको खेलमा १५ वटा सेभ गर्दै सन् २०१४ को विश्वकपमा अमेरिकाका टिम हावर्डको १० वर्ष पुरानो कीर्तिमान तोडेका हुन् ।
- रुमको उत्कृष्ट प्रदर्शनले कुरासाओलाई विश्वकप इतिहासमा पहिलो अंक दिलाउन पनि मद्दत गरेको छ ।
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत आइतबार बिहान भएको खेलमा कुरासाओका गोलरक्षक इलोय रुमले उत्कृष्ट प्रदर्शन गर्दै विश्वकप इतिहासकै नयाँ र ऐतिहासिक कीर्तिमान कायम गरेका छन् । अमेरिकाको क्यानसास सिटी स्टेडियममा भएको इक्वेडरविरुद्धको खेलमा रुमले निर्धारित ९० मिनेटभित्रै १५ वटा सेभ गर्दै नयाँ इतिहास रचेका हुन् ।
यो प्रदर्शनसँगै ईलोय रुमले विश्वकपको निर्धारित ९० मिनेटको समयभित्र सबैभन्दा धेरै बचाउ गर्ने गोलरक्षकको रूपमा आफ्नो नाम लेखाएका छन् । यसअघि सन् २०१४ को विश्वकपमा अमेरिकाका टिम हावर्डले् बेल्जियमविरुद्ध कुल १६ सेभ गरे पनि निर्धारित ९० मिनेटको समयमा उनले १२ सेभ मात्र गरेका थिए । बाँकी ४ सेभ अतिरिक्त समयमा भएका थिए। तर, रुमले अतिरिक्त समय बिना नै ९० मिनेटभित्रै १५ वटा प्रहार विफल पार्दै हावर्डको १० वर्ष पुरानो कीर्तिमानलाई उछिनेका हुन् ।

इक्वेडरले आज्ञको खेलमा पूर्ण रूपमा एकपक्षीय दबाब सिर्जना गरेको थियो । ७५ प्रतिशत बल आफ्नो नियन्त्रणमा राखेको इक्वेडरले कूल २६ पटक गोलको प्रयास गरेको थियो ।

तीमध्ये १५ प्रहार सिधै गोल पोस्टको दिशामा भए पनि रुमको चमत्कारिक बचाउका कारण इक्वेडर गोल गर्न असफल भयो । रुमको यो प्रदर्शनले नवप्रवेशी कुरासाओलाई विश्वकप इतिहासमै पहिलो अंक समेत दिलाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको महाधिवेशनमा लुम्बिनीबाट ६३६ प्रतिनिधि सहभागी (सूचीसहित)
-
रास्वपाको महाधिवेशनमा सुदूरपश्चिमबाट ५५० प्रतिनिधि सहभागी (सूचीसहित)
-
प्रवासबाट १६३ प्रतिनिधि सहभागी हुँदैछन् रास्वपाको महाधिवेशनमा (सूचीसहित)
-
कोशी प्रदेशबाट रास्वपा महाधिवेशशनमा ३९३ प्रतिनिधि (सूचीसहित)
-
कर्णाली प्रदेशमा रास्वपाका ३४३ प्रतिनिधि (सूचीसहित)
-
रास्वपाले मधेस प्रदेशको महाधिवेशन प्रतिनिधि नामावली सार्वजनिक गर्न सकेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण