सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत इन्जिनियरिङ परिषद्, सडक बोर्ड र रेल्वे बोर्डका २० पदाधिकारी पदमुक्त

मङ्गलबार, २२ वैशाख २०८३, १० : १३
मङ्गलबार, २२ वैशाख २०८३

सारांश

  • सरकारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतका विभिन्न निकायमा नियुक्त २० जना पदाधिकारीहरूलाई पदमुक्त गरेको छ ।
  • सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था गर्न बनेको अध्यादेश, २०८३ को दफा २ को उपदफा (१) बमोजिम ती पदाधिकारीहरूलाई हटाइएको हो ।
  • यो निर्णय २०८३ वैशाख १९ गतेदेखि नै लागू भइसकेको छ ।

काठमाडौँ । नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आफ्ना मातहतका विभिन्न सार्वजनिक निकायमा कार्यरत २० जना पदाधिकारीहरूलाई पदमुक्त गरेको छ ।

मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै ‘सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था गर्न बनेको अध्यादेश, २०८३’ को दफा (२) को उपदफा (१) बमोजिम ती पदाधिकारीहरूलाई पदमुक्त गरिएको जानकारी दिएको हो । मन्त्रालयका अनुसार यो निर्णय २०८३  वैशाख १९ गतेदेखि नै लागू हुने गरी गरिएको छ ।

कुन निकायबाट को–को पदमुक्त भए?
 बैभन्दा धेरै पदाधिकारी नेपाल इन्जिनियरिङ परिषद्बाट हटाइएका छन् । परिषद्का अध्यक्ष डा. पदम बहादुर शाही, उपाध्यक्ष इ. डा. विकास अधिकारी र रजिष्ट्रार इ. ध्रुव राज भट्टराईसहित १० जना सदस्यहरू पदमुक्त भएका छन् । पदमुक्त हुने सदस्यहरूमा विनोद बहादुर पाल, अम्बिका महत, इ. डा. लेखनाथ पाण्डे, डा. राममणी अधिकारी, निर्जला श्रेष्ठ चौधरी, श्याम किशोर यादव, लैला श्रेष्ठ, देव राज जोशी, इ. डा. रेस्मा श्रेष्ठ र इ. शम्भु बहादुर श्रेष्ठ रहेका छन् ।

यसैगरी, सडक बोर्ड नेपालका चार जना सदस्यहरूलाई पनि पदमुक्त गरिएको छ । पदमुक्त हुनेहरूमा वसन्त अधिकारी, माधव प्रसाद तिमिल्सिना, इ. राजेन्द्र कुमार वि.सी. र बेनु प्रसाद सिवाकोटी रहेका छन् ।
त्यस्तै, नेपाल रेल्वे बोर्डबाट रेल्वे प्रशासक वलराम मिश्रसहित सदस्यहरू स्वीकृति शर्मा र मुस्ताक अन्सारीलाई जिम्मेवारीबाट हटाइएको छ ।

111
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप