ओरेन्ज क्यापको दौडमा रायन रिकेल्टनको फड्को
सारांश
- मुम्बई इन्डियन्सका रायन रिकेल्टनले लखनउ सुपर जायन्ट्सविरुद्ध ३२ बलमा ८३ रनको उत्कृष्ट प्रदर्शन गर्दै ओरेन्ज क्यापको दौडमा ठूलो फड्को मारेका छन्।
- यस प्रदर्शनसँगै रिकेल्टनको सिजनको कुल रन ३८० पुगेको छ र उनी सर्वाधिक रन बनाउने सूचीमा छैटौँ स्थानमा उक्लिएका छन्।
- पर्पल क्यापको सूचीमा भने खासै परिवर्तन देखिएको छैन, जहाँ भुवनेश्वर कुमार र अंशुल कम्बोज १७ विकेटसहित शीर्ष स्थानमा छन्।
मुम्बई । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत सोमबार राति मुम्बई इन्डियन्स र लखनउ सुपर जायन्ट्सबिच वानखेडे स्टेडियममा प्रतिस्पर्धा भयो।
सिजनकै खराब प्रदर्शन गरिरहेका दुई टोलीबिचको यो भिडन्तमा मुम्बईका रायन रिकेल्टनले विष्फोटक ब्याटिङ गर्दै ओरेन्ज क्यापको दौडमा ठुलो फड्को मारेका छन्।
रिकेल्टनले मात्र ३२ बलमा ८३ रनको सानदार इनिङ खेल्दै मुम्बईलाई जित दिलाए। यो प्रदर्शनसँगै उनको यस सिजनको कुल रन ३८० पुगेको छ र उनी सर्वाधिक रन बनाउने ब्याटरको सूचीमा छैटौँ स्थानमा उक्लिएका छन्।
अहिले ओरेन्ज क्यापको तालिकामा सनराइजर्स हैदरावादका अभिषेक शर्मा ४४० रनसहित शीर्ष स्थानमा छन्। उनलाई दिल्ली क्यापिटल्सका केएल राहुलले ४३३ रनसहित पछ्याइरहेका छन्। त्यस्तै हेनरिक क्लासेन ४२५ रनसहित तेस्रो, राजस्थान रोयल्सका वैभव सूर्यवंशी ४०४ रनसहित चौथो र गुजरात टाइटन्सका बी साई सुदर्शन ३८५ रनसहित पाँचौँ स्थानमा छन्।
रिकेल्टनले मुम्बईका लागि केही खेलमा दोहोरो अंक जोड्न नसके पनि पछिल्लो इनिङले उनलाई शीर्ष पाँचको निकै नजिक पुर्याएको छ। मुम्बई र लखनउ दुवै टोलीबाट हाल शीर्ष २० भित्र पर्ने रिकेल्टन एक्लो खेलाडी हुन्।
पर्पल क्याप अर्थात् सर्वाधिक विकेट लिने बलरहरूको सूचीमा भने सोमबारको खेलपछि खासै परिवर्तन देखिएको छैन। वानखेडेको ब्याटिङ मैत्री पिचमा बलरहरूले कसिलो बलिङ गर्न संघर्ष गरे।
लखनउका तीव्र गतिका बलर प्रिन्स यादवले विकेट लिन नसक्दा उनी १३ विकेटका साथ छैटौँ स्थानमै सीमित भएका छन्। रोयल च्यालेन्जर्स बेंगलुरुका भुवनेश्वर कुमार र चेन्नई सुपर किंग्सका अंशुल कम्बोज समान १७–१७ विकेटका साथ शीर्ष स्थानमा छन्। त्यस्तै कागिसो रबाडा १६ विकेटसहित तेस्रो तथा जोफ्रा आर्चर र इशान मलिंगा समान १५–१५ विकेटसहित क्रमशः चौथो र पाँचौँ स्थानमा रहेका छन्।
मंगलबार राति हुने चेन्नई सुपर किंग्स र दिल्ली क्यापिटल्सबिचको खेलले दुवै तालिकामा नयाँ मोड ल्याउने अपेक्षा गरिएको छ। ओरेन्ज क्यापतर्फ केएल राहुलले केही चौका प्रहार गरे मात्रै पनि उनी अभिषेक शर्मालाई पछि पार्दै शीर्ष स्थानमा पुग्नेछन्।
उता पर्पल क्यापतर्फ चेन्नईका अंशुल कम्बोजले एक विकेट मात्र लिए पनि उनी एक्लै शीर्ष स्थानमा उक्लिने अवसर रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुरुषको पिसाबमा रगत आउनुको कारण के हो ?
-
गण्डकी प्रदेशमै उत्कृष्ट बन्यो गलकोट नगर अस्पताल
-
राष्ट्रिय मुवाँथाई प्रतियोगितामा दीक्षा फाइनलमा
-
प्राज्ञिक तिर्थ पाणिनि तपोभूमिबारे विमर्श
-
बालेनले रास्वपा महाधिवेशनमा दिए संसद्मा उठेका प्रश्नकाे जवाफ
-
राहदानी छपाइ प्रकरणः पूर्वपरराष्ट्रमन्त्री श्रेष्ठसँग अख्तियारले लियो बयान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण