मधेस प्रदेशमा जनमत पार्टीले फेर्यो संसदीय दलको नेता
सारांश
- जनमत पार्टीले मधेस प्रदेशसभामा आफ्नो संसदीय दलको नेता परिवर्तन गरेको छ।
- पार्टीका राष्ट्रिय अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले चन्दन कुमार सिंहलाई मधेस प्रदेशको संसदीय दलको नेता चयन गरेका हुन्।
- यसअघि सो पदमा महेशप्रसाद यादव थिए।
जनकपुरधाम । जनमत पार्टीले मधेस प्रदेशसभामा आफ्नो संसदीय दलको नेता परिवर्तन गरेको छ। पार्टीका राष्ट्रिय अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले चन्दन कुमार सिंहलाई मधेस प्रदेशको संसदीय दलको नेता चयन गरेका हुन्।
पार्टीको केन्द्रीय कार्यकारिणी समितिले मंगलबार एक पत्र जारी गर्दै आजैको मितिदेखि लागू हुने गरी सिंहलाई नयाँ जिम्मेवारी सुम्पिएको जनाएको छ।
'उपरोक्त सम्बन्धमा आजैको मितिदेखि लागू हुने गरी जनमत पार्टी मधेस प्रदेश संसदीय दलको नेताको रूपमा चन्दन कुमार सिंहलाई तोकी जिम्मेवारी हेरफेर गरिएको व्यहोरा जानकारी गराउँदछौँ,' अध्यक्ष राउतले जारी गरेको पत्रमा भनिएको छ।
पार्टीले यस निर्णयको जानकारी मधेस प्रदेशसभा सचिवालय र जनमत पार्टी मधेस प्रदेश संसदीय दललाई समेत गराइसकेको छ। यसअघि मधेस प्रदेशमा जनमत पार्टीको संसदीय दलको नेताको रूपमा महेशप्रसाद यादव रहँदै आएका थिए। नयाँ चयन गरिएका नेता सिंह जनमत पार्टीका केन्द्रीय सचिव समेत हुन्। सोमबार नै जनमतले सरकारबाट फिर्ता हुने निर्णय गरेको थियो । तर यसमा यादवले असहयोग गरेपछि नयाँ नेता चयन गरिएको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेल्जियम र इरानको संघर्षपूर्ण बराबरी
-
बेल्जियमलाई झड्का: नाथन एनगोयले रातो कार्ड पाउँदा टोली १० खेलाडीमा सीमित
-
मेसीको रेकर्ड तोड्दै लामिन यामलको ऐतिहासिक गोल: बने विश्वकप इतिहासकै ८ औँ कान्छा गोलकर्ता
-
‘भिएआर’ले खोस्यो इरानको अग्रता: बेल्जियम र इरानबिचको पहिलो हाफ गोलरहित बराबरीमा
-
झापामा वन्यजन्तुले नबिगार्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती
-
इजरायलद्वारा उत्तरी सीमा क्षेत्रमा लगाइएका सबै प्रतिबन्धहरू फुकुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण