वैशाखको अन्तिम हप्ता रास्वपा सांसदलाई दोस्रो चरणको प्रशिक्षण दिइने
मङ्गलबार, २२ वैशाख २०८३, १२ : ११
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बजेट अधिवेशनलाई थप प्रभावकारी बनाउन वैशाख २६ र २७ गते सांसदहरूलाई दोस्रो चरणको प्रशिक्षण दिने भएको छ ।
- यसअघि चैतमा ललितपुरमा जनप्रतिनिधिलाई आवासीय प्रशिक्षण दिइएको थियो ।
- गत निर्वाचनमा १८२ सिट जितेको रास्वपाले राजनीतिक, संवैधानिक र कानुनी ज्ञान नभएका प्रतिनिधिहरूका लागि यो प्रशिक्षण प्रभावकारी हुने विश्वास लिएको छ ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले जनप्रतिनिधिहरूलाई दोस्रो चरणको प्रशिक्षण दिने भएको छ । बजेट अधिवेशनलाई थप प्रभावकारी बनाउने उद्देश्यले प्रशिक्षण राखिएको सहमहामन्त्री विपिन कुमार आचार्यले जानकारी दिए । आचार्यका अनुसार वैशाख २६ र २७ गते रास्वपाको संसदीय दलको कार्यालय सिंहदरबारमा प्रशिक्षण कार्यक्रम राखिएको छ ।
यसअघि चैत ३ र ४ गते रास्वपाले ललितपुरस्थित ग्वार्कोमा जनप्रतिनिधिलाई आवासीय प्रशिक्षण कार्यक्रम राखेको थियो । त्यतिबेला विषयविज्ञ सहित पार्टीका शीर्ष नेताले प्रशिक्षण दिएका थिए । वरिष्ठ नेता बालेन शाह उपस्थित नभएकोमा आलोचना भएको थियो ।
गत फागुनमा भएको निर्वाचनमा रास्वपाले १८२ सिट जितेको थियो । अधिकांश प्रतिनिधि राजनीतिक, संवैधानिक र कानुनी जानकार नभएकाले यस्ता प्रशिक्षण प्रभावकारी हुने रास्वपाले विश्वास लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरजुसहित १८ जना प्रतिवादीविरुद्ध मुद्दा दायर
-
जिम जाने र योगा गर्नेमध्ये को बडी फिट हुन्छन् ?
-
गगनले सम्झाएको २०१८ सालमा चितवनको गेष्टहाउस चौर घटना के थियो ?
-
सेवाग्राहीलाई केन्द्रमा राखेर काम गर्न मन्त्री तिमिल्सिनाको निर्देशन
-
अमेरिकी कम्पनीमाथि चीनको प्रतिबन्ध
-
हात्ती प्रभावित क्षेत्रमा कृषकको रोजाइ सुपारीखेती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण