शनिबार, २० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

इन्जिनियरिङ परिषद्, सडक बाेर्ड र रेल्वेका २० पदाधिकारी पदमुक्त

मङ्गलबार, २२ वैशाख २०८३, १५ : ०१
मङ्गलबार, २२ वैशाख २०८३

सारांश

  • भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले इन्जिनियरिङ परिषद्, सडक बोर्ड र रेल्वे बोर्डका २० जना पदाधिकारीलाई पदमुक्त गरेको छ।
  • सार्वजनिक पदाधिकारीकाे पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था गर्न बनेको अध्यादेश २०८३ को दफा (२) को उपदफा १ बमोजिम यो निर्णय गरिएको हो।
  • पदमुक्त हुनेहरूमा परिषद्का अध्यक्ष, उपाध्यक्षसहित १३ जना, सडक बोर्डका ४ जना र रेल्वेका ३ जना पदाधिकारी रहेका छन्।

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत रहेका नेपाल इन्जिनियरिङ परिषद्, सडक बोर्ड र नेपाल रेल्वे बोर्डका २० जना पदाधिकारी पदमुक्त भएका छन्।

सार्वजनिक पदाधिकारीकाे पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था गर्न बनेको अध्यादेश २०८३ को दफा (२) को उपदफा १ बमोजिम उनीहरूलाई पदमुक्त गरिएको मन्त्रालयले जनाएको छ। 

जसअन्तर्गत परिषद्का अध्यक्ष, उपाध्यक्षसहित १३ जना छन् भने सडक बोर्डका ४ र रेल्वेका ३ जना रहेका छन् ।

680467493_1308776024533860_6106437621128620573_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप