चिकित्सक संघको अध्यक्षमा डा. रिजाल निर्वाचित, यस्तो छ नयाँ कार्यसमिति (सूचीसहित)
मङ्गलबार, २२ वैशाख २०८३, १६ : ५८
सारांश
- नेपाल चिकित्सक संघ (एनएमए) को केन्द्रीय कार्यकारिणी समितिको अध्यक्षमा डा. बद्री रिजाल ३ हजार १९६ मत प्राप्त गर्दै निर्वाचित भएका छन् ।
- वरिष्ठ उपाध्यक्ष पदमा डा. सन्जिव तिवारी ३ हजार ३६ मतसहित र महासचिवमा डा. विश्वराज दवाडीले २ हजार ७२२ मत प्राप्त गरी विजयी भएका छन् ।
- कोषाध्यक्ष पदमा डा. संयुक्त आचार्य, सह-सचिवमा डा. हुलास अग्रवाल र सह-कोषाध्यक्षमा डा. तेज्सु सिंह मल्ल निर्वाचित भएका छन् ।
काठमाडौँ । नेपाल चिकित्सक संघ (एनएमए) को केन्द्रीय कार्यकारिणी समितिको अध्यक्षमा डा. बद्री रिजाल निर्वाचित भएका छन् । डा. रिजाल ३ हजार १९६ मत प्राप्त गर्दै विजयी भएका हुन् ।
संघको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदमा डा. सन्जिव तिवारी ३ हजार ३६ मतसहित निर्वाचित भएका छन् । त्यसैगरी, कार्यसमितिको महासचिवमा डा. विश्वराज दवाडीले २ हजार ७२२ मत प्राप्त गरी जित सुनिश्चित गरेका छन् ।
निर्वाचन समितिका अनुसार अन्य पदाधिकारीहरूमा कोषाध्यक्ष पदमा डा. संयुक्त आचार्य, सह-सचिवमा डा. हुलास अग्रवाल र सह-कोषाध्यक्षमा डा. तेज्सु सिंह मल्ल निर्वाचित भएका छन् ।
निर्वाचित कार्यसमिति यस प्रकार छन्-
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इंग्ल्यान्डविरुद्ध मेस्सीले जे गरे, यही कारण उनी फुटबलका बादशाह हुन्
-
पर्याप्त वर्षा भएपछि रोपाइँ तीव्र
-
डोलेश्वरमा श्रावणी मेला, ५० लाख भक्तजन आउने अनुमान
-
सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण