समुदाय विपद स्वयंसेवक तालिम सम्पन्न
सारांश
- कास्कीको रुपा गाउँपालिकामा १८ दिने समुदाय विपद् स्वयंसेवक तालिम सम्पन्न भएको छ।
- सशस्त्र प्रहरी बल र रुपा गाउँपालिकाको सहकार्यमा आयोजित तालिममा ३५ जना प्रशिक्षार्थीलाई विपद् व्यवस्थापन, उद्धार, र प्राथमिक उपचार जस्ता विषयमा प्रशिक्षण दिइएको थियो।
- गाउँपालिकाका अध्यक्ष नवराज ओझाले तालिम प्राप्त स्वयंसेवकहरूले विपद्को समयमा अग्रपङ्क्तिमा खटिएर योगदान पुर्याउने विश्वास व्यक्त गरे।
कास्की। कास्कीको रुपा गाउँपालिकामा १८ दिन कार्य अवधिको ‘समुदाय विपद् स्वयंसेवक’ तालिम मंगलबार सम्पन्न भएको छ। सशस्त्र प्रहरी बल, नेपाल नं. २४ गण हे.क्वा. कालिका कास्कीको आयोजना तथा रुपा गाउँपालिकाको सहकार्य र समन्वयमा गत चैत २५ गतेदेखि सुरु भएको उक्त तालिमको आज एक भव्य कार्यक्रमका बिच समापन गरिएको हो।
रुपा गाउँपालिका वडा नं. ५ को सभाहलमा आयोजित समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम गाउँपालिकाका अध्यक्ष नवराज ओझाको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। कार्यक्रममा करिब ५० देखि ५५ जनाको उपस्थिति रहेको थियो, जसमा सहभागी प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो।
१८ दिन कार्य अवधिको उक्त तालिममा सहभागी ३५ जना प्रशिक्षार्थीहरूलाई विपद्को परिचय र विशेषता , नेपालमा विपद् व्यवस्थापन प्रणाली, मेडिकल फस्ट रेस्पोन्डर, बाढी, पहिरो तथा डुबान ,अग्नि नियन्त्रण तथा वन डढेलो, रोप रेस्क्यु बाट गरिने उद्धार ,भूकम्पीय जोखिम न्यूनीकरण, सडक दुर्घटना र जोखिम न्यूनीकरणको परिचय सुरक्षा सावधानीद्वारा सामग्री प्रयोग सम्बन्धी जानकारी विभिन्न किसिमका गाँठाहरूको परिचय, काम विभिन्न किसिमको बेस बनाउने तरिका, वाटर रेस्कु टेक्निक जस्ता विविध विषयहरुमा सैद्धान्तिक तथा व्यावहारिक दुवै पक्षमा ज्ञान दिलाइएको थियो।
कार्यक्रमका प्रमुख अतिथि अध्यक्ष ओझाले तालिम प्राप्त स्वयंसेवकहरूले गाउँपालिकामा आइपर्ने प्राकृतिक एवं अन्य विपद्का समयमा अग्रपङ्क्तिमा खटिएर ठुलो योगदान पुर्याउने विश्वास व्यक्त गरे। सशस्त्र प्रहरी बलका तर्फबाट गणपति सशस्त्र प्रहरी उपरीक्षक वसन्त बहादुर सिंहज्यूले विपद्को अवस्थामा सबैभन्दा पहिला घटनास्थलमा पुग्ने समुदाय नै हुने भएकाले, आवश्यक ज्ञान र सीपको अभावमा क्षति बढ्न सक्छ भने उचित तालिम र तयारीले धेरै हदसम्म जनधनको क्षति न्यूनीकरण गर्न सक्षम हुने तथा सानो सीप र सीमित साधनले पनि ठूलो उपलब्धि हासिल गर्न सकिन्छ भन्ने यथार्थ यस तालिमले स्पष्ट पारेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पदबाट राजीनामा दिने क्रममा परिवारको प्रसङ्ग निकाल्दै भावुक बने कीर स्टार्मर
-
पुष्पा २ प्रिमियर भागदौड प्रकरण : अभिनेता अल्लू अर्जुन अदालतमा भर्चुअली उपस्थित हुँदै
-
कोटेश्वरबाट १० जना बिचौलिया पक्राउ
-
११ महिनामा पौने २६ करोड रुपैयाँ बराबरको ४ करोड पीस कण्डम आयात
-
बेलायती प्रधानमन्त्री कीर स्टार्मरद्वारा राजीनामाको घोषणा
-
साडी पसलेले जुराइदिएको राजा महेन्द्रको फ्रान्सका राष्ट्रपतिसँगको त्यो भेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण