आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको छलाङ

बुधबार, २३ वैशाख २०८३, १५ : ०९
बुधबार, २३ वैशाख २०८३

सारांश

  • आईसीसी क्रिकेट विश्वकप लिग–२ को शृङ्खलापछि नेपाली खेलाडीको आईसीसी वरीयतामा फेरबदल आएको छ ।
  • दीपेन्द्रसिंह ऐरी अलराउन्डर सूचीमा १२ स्थान सुधार गरी ३१ औँ स्थानमा पुगेका छन् ।
  • सन्दीप लामिछानेले बलिङतर्फ १५ स्थान सुधार गर्दै ४३ औँ स्थानमा स्थान बनाएका छन् ।

काठमाडौँ । हालै सम्पन्न आईसीसी क्रिकेट विश्वकप लिग–२ को शृङ्खलापछि नेपाली खेलाडीको आईसीसी वरीयतामा ठुलो फेरबदल देखिएको छ । 

शृङ्खलामा राम्रो प्रदर्शन गरेका दीपेन्द्रसिंह ऐरीले वरीयतामा ठुलो छलाङ मार्न सफल भएका हुन् । उनी एक दिवसीय अलराउन्डरको सूचीमा १२ स्थान सुधार गर्दै १४८ रेटिङ अङ्कसहित ३१ स्थानमा उक्लन सफल भएका हुन्।

त्यस्तै, सन्दीप लामिछानेले पनि ७ स्थान सुधार गर्दै १०८ अङ्कसहित ७१ औँ स्थानमा पुगेका छन्। करन केसी १० स्थान तल खस्किँदा ललित राजवंशी ३ स्थान तल झरेका छन्।

यसैगरी एक दिवसीय बलिङतर्फ पनि सन्दीपले आफ्नो वरीयता सुधार गरेका छन् । ४८८ रेटिङ अङ्क बटुलेका सन्दीपले १५ स्थान सुधार गरेका हुन् । यससँगै उनी ४३ औँ स्थानमा पुगेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप