तत्कालीन अध्यक्ष चौधरीसहित ४ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ
काठमाडौँ । उदयपुरको त्रियुगा नगरपालिका–१ स्थित जागृति महिला सामुदायिक वन उपभोक्ता समितिका तत्कालीन अध्यक्ष मिनाकुमारी चौधरीसहित चार जनालाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा सफाइ दिएको छ । विशेष अदालतका न्यायाधीशत्रय हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले उपभोक्ता समितिका तत्कालीन अध्यक्ष चौधरीसहित सचिव जानकी कुमारी चौधरी, कोषाध्यक्ष निलम चौधरी थारु र लेखापरीक्षक तनुकलाल चौधरीलाई भ्रष्टाचार मुद्दामा सफाइ दिएको छ ।
वन उपभोक्ता समूहको कोषको रकम हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यक्षसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
अख्तियारले अनुसन्धानका क्रममा आर्थिक वर्ष २०७७/७८ मा सामुदायिक वनको भवन निर्माण गर्दा प्राविधिक प्रतिवेदनमा ४ लाख ९५ हजार २५१ रुपैयाँ मात्र खर्च भएको देखिए पनि लेखापरीक्षण प्रतिवेदनमा ८ लाख ८ हजार ४५३ रुपैयाँ खर्च भएको देखाई ३ लाख १३ हजारभन्दा बढी रकम हिनामिना गरेको अभियोग लगाएको थियो ।
आयोगले अध्यक्ष, सचिव र कोषाध्यक्षमाथि कुल ५ लाख १५ हजार ३०२ रुपैयाँ ५८ पैसा बराबरको बिगो दाबी गरेको थियो । उनीहरूले संस्थाको सार्वजनिक सम्पत्ति बदनियतपूर्वक हिनामिना गरेको पुष्टि भएको भन्दै आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम बिगो असुल उपर गरी कैद र जरिवानाको मागदाबी लिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण