रास्वपालाई गोकुल बास्कोटाको सुझाव : प्रदेश संरचना र प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणाली खारेज गरौँ
सारांश
- नेकपा एमालेका नेता गोकुल बास्कोटाले रास्वपालाई संविधान संशोधनको पक्षमा उभिन चुनौती दिएका छन्।
- उनले प्रदेश संरचना खारेज गरी केन्द्र र स्थानीय तह गरी दुई तहको सरकार हुनुपर्ने प्रस्ताव गरेका छन्।
- बास्कोटाले प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणाली खारेज गरी प्रत्यक्ष निर्वाचन प्रणाली लागू गर्नुपर्ने र राष्ट्रिय सभामा महिला-पुरुषको समान प्रतिनिधित्वको प्रस्ताव गरेका छन्।
काठमाडौँ । नेकपा एमालेका प्रभावशाली नेता गोकुल बास्कोटाले विगतमा संघीयता खारेजको वकालत गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई अब संविधान संशोधनको पक्षमा उभिने कि नउभिने भन्दै प्रश्न गरेका छन्।
सामाजिक सञ्जालमा एक पोस्ट लेख्दै बास्कोटाले यदि संविधान संशोधन गर्ने नै हो भने राज्यको शासकीय स्वरूप र निर्वाचन प्रणालीमा आमूल परिवर्तन हुनुपर्ने खाकासमेत अघि सारेका हुन्।
उनले प्रदेश संरचनाको अन्त्य गर्दै देशमा केन्द्र र स्थानीय तह (पालिका) गरी दुई तहको मात्र सरकार हुनुपर्ने प्रस्ताव गरेका छन्। अहिलेको तिनै तहको प्रशासनिक बोझलाई घटाउन प्रदेशलाई हटाएर स्थानीय पालिका र केन्द्रलाई मात्र बलियो बनाउनुपर्ने उनको जिकिर छ।
यसैगरी, व्यवस्थापिकाको संरचनामा ठुलो फेरबदलको वकालत गर्दै बास्कोटाले राष्ट्रिय सभाको सदस्य संख्या १०५ सिट बनाउनुपर्ने र त्यसमा महिला तथा पुरुषको प्रतिनिधित्व पूर्ण रूपमा समान अर्थात् ५०–५० प्रतिशत हुनुपर्ने धारणा राखेका छन्। उनले नयाँ व्यवस्थामा उपराष्ट्रपति नै राष्ट्रिय सभाको सभाध्यक्ष बन्ने कानुनी प्रबन्ध मिलाउनुपर्ने सुझाव दिएका छन्।
प्रतिनिधिसभाको संरचनाबारे चर्चा गर्दै उनले हालको समानुपातिक निर्वाचन प्रणालीलाई पूर्ण रूपमा खारेज गर्नुपर्ने माग गरेका छन्। समानुपातिक सिट हटाएर प्रत्यक्ष निर्वाचन मात्र गराउनुपर्ने र त्यसमा महिला ४० प्रतिशत तथा पुरुष ६० प्रतिशत उठ्ने गरी प्रत्यक्ष निर्वाचन प्रणाली लागू गर्नुपर्ने उनको मत छ।
यसका साथै जिल्ला समन्वय समिति (जिसस) को कुनै औचित्य नरहेको भन्दै बास्कोटाले यसलाई खारेज गर्नुपर्ने बताएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राज्ञिक तिर्थ पाणिनि तपोभूमिबारे विमर्श
-
बालेनले रास्वपा महाधिवेशनमा दिए संसद्मा उठेका प्रश्नकाे जवाफ
-
राहदानी छपाइ प्रकरणः पूर्वपरराष्ट्रमन्त्री श्रेष्ठसँग अख्तियारले लियो बयान
-
रास्वपाको महाधिवेशनस्थलमा रवि–बालेनको डमी, तस्बिरहरु
-
रवि र बालेनले घण्टी बजाएर गरे रास्वपाको महाधिवेशन उद्घाटन, तस्बिरहरू
-
रास्वपा महाधिवेशनमा कति हुन्छन् प्रतिनिधि सहभागी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण