सञ्चारमाध्यमले नागरिकका आवाजलाई केन्द्रमा राख्नुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.विक्रम तिमिल्सिनाले सूचना प्रविधिको तीव्र विकास र ‘डिजिटल मिडिया’ को बढ्दो प्रभावसँगै सञ्चारमाध्यमले नागरिकको आवाज र सामाजिक हितलाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताएका छन् ।
गोरखापत्र प्रकाशनको १२६औँ वर्ष प्रवेशका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले सञ्चारमाध्यमप्रति नागरिकको अपेक्षा र विश्वासलाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिए । उनले सरकारी संस्थानहरुलाई समयानुकूल ढङ्गले थप व्यावसायिक र जिम्मेवार बनाउन आवश्यक रहेको उल्लेख गर्नुहुँदै संस्थानको हितका लागि कर्मचारीलाई जिम्मेवार र उत्तरदायी भएर काम गर्न निर्देशन दिए ।
लामो समयदेखि बल्झिएका समस्या मात्र औँल्याएर नहुने भन्दै उनले कर्मचारीहरुमा समाधानमुखी सोच र कार्यशैली आवश्यक रहेको बताए । गोरखापत्र संस्थानको पुनर्संरचना अपरिहार्य भएको उनले बताए । देशको विविधता र भाषिक सम्पदाले देशलाई समृद्ध बनाएको भन्दै त्यसको संरक्षण, प्रयोग र अपनत्वलाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए ।
मन्त्री तिमिल्सिनाले गोरखापत्रको लामो इतिहास स्मरण गर्दै समयसँगै पत्रकारिताको शैली, प्रविधि र कार्यप्रणालीमा व्यापक परिवर्तन आएको बताए । गोरखापत्रले आफूलाई अन्य सञ्चारमाध्यमभन्दा कसरी फरक, प्रभावकारी र विश्वसनीय बनाउने भन्ने विषयमा गम्भीर समीक्षा गर्नुपर्ने आवश्यकता उनले औँल्याए ।
“आज भनेको भोलिको इतिहास हो । आज गरेका असल कामले नै भविष्यको मार्गनिर्देश गर्छ । तपाईहरु यो संस्थालाई गर्व गर्न लायक बनाउने गरी काम गर्नुहोस्”, उनले कर्मचारीहरुलाई निर्देशन दिँदै भने ।
“हामी नागरिकले तिरेको करबाट तलब लिने र सरकारी अनुदानबाट सञ्चालन हुने संस्था हौँ । त्यसैले नागरिकको हितमा काम गर्नु हाम्रो प्रमुख दायित्व हो” उनले भने ।
सञ्चारमन्त्री तिमिल्सिनाले गोरखापत्रद्वारा आजदेखि प्रकाशन सुरु भएको सन्थाल र हायु भाषाको समाचार पृष्ठको प्रतिकृति पनि अनावरण गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी बिरामी मार्फत् एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा भित्र्याउँदै नेपाल नेत्रज्योति सङ्घ
-
लालबकैया बाँधको उच्चस्तरीय अनुगमन, बाढी जोखिम न्यूनीकरणमा सतर्कता अपनाइने
-
बीपी स्मृति दिवसमा कांग्रेसले आयोजना गर्ने ‘ग्रिन रन’ मा सहभागी हुन सभापति थापाको आह्वान
-
बाढीले क्षतिग्रस्त विद्युतीय गाडी टिमुरे भन्सारमै बेवारिसे (तस्बिरहरू)
-
काठमाडौँको बौद्धमा युवतीले गरिन् आत्मदाह प्रयास
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण