कांग्रेस प्रवक्ता चालिसेले पोखरा पुगेर गरे पार्टी सदस्यता अद्यावधिक
सारांश
- नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसे कास्कीको पोखरा महानगरपालिका वडा नं ८ मा पुगेर क्रियाशील सदस्यता नवीकरण र अद्यावधिक गरेका छन् ।
- उनले पार्टी संगठनलाई प्रविधिमैत्री बनाउन र कार्यपद्धतीलाई डिजिटलाइज्ड गर्नका लागि यो अभियान सञ्चालन गरिएको बताए ।
- प्रवक्ता चालिसेले पार्टी प्रक्रियालाई डिजिटल युग अनुसार रूपान्तरण गर्नुपर्नेमा जोड दिए ।
काठमाडौँ । नेपाली कांग्रेसले सञ्चालन गरेको जरा अभियान अन्तर्गत पार्टीको क्रियाशील सदस्यता नयॅा अभिलेखीकरण गर्न प्रवक्ता देवराज चालिसे कास्की पुगेका छन् । प्रवक्ता चालिसेले शुक्रबार गृह जिल्ला कास्कीको पोखरा महानगरपालिका वडा नं ८ मा पुगेर क्रियाशील सदस्यता नवीकरण र अद्यावधिक गरेका हुन् ।
त्यो वडामा सदस्यता अद्यावधिक कार्यक्रमको औपचारिक सुरुवात गर्दै प्रवक्ता चालिसेले पार्टी संगठनलाई प्रविधिमैत्री बनाउन यो अभियान सञ्चालन गरिएको जानकारी दिए ।
‘पार्टीलाई प्रविधिमैत्री बनाउँदै सबै कार्यपद्धतीलाई डिजिटलाईज्ड गर्न आवश्यक छ । समयको गतिसँगै पार्टीको कार्यशैली र पद्धतिमा व्यापक सुधार गर्नुपर्छ,’ प्रवक्ता चालिसेले भने, ‘त्यो अभियानमा म सहभागी भए । सबै साथीहरू सहभागी हुने अपेक्षा छ ।’
चालिसेले परम्परागत तरिकाले सञ्चालन हुँदै आएको पार्टी प्रक्रियालाई अब डिजिटल युग अनुसार रूपान्तरण गर्नुपर्ने बताए । सदस्यता व्यवस्थापन, अभिलेखीकरण, आन्तरिक सञ्चार र निर्णय प्रक्रियालाई डिजिटल बनाउन सके पार्टी थप चुस्त, पारदर्शी र प्रभावकारी हुने उनको भनाइ छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेलमाथि अनुसन्धान गर्न सात दिन म्याद थपको अनुमति
-
फेरियो रास्वपाको सिद्धान्त
-
बोर्डको नतिजाप्रति असन्तुष्टि, विद्यार्थीले गरे आन्दोलनका कार्यक्रम घोषणा
-
बजेट कार्यान्वयनमा कडाइ गर्ने, पहिलो त्रैमासिकमै सम्झौता सक्ने
-
‘नेपाल अब दुई होइन, तीन ढुङ्गाबिचको तरुल भयो’
-
रास्वपा महाधिवेशनको संशोधित निर्वाचन कार्यतालिका प्रकाशित (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण