रायोको सागमा भेटियो विषादी, नष्ट गर्न निर्देशन
सारांश
- कालीमाटी फलफूल तथा तरकारी बजारमा गरिएको परीक्षणमा भक्तपुरको मध्यपुर थिमीबाट ल्याइएको रायोको साग खान अयोग्य भेटिएको छ ।
- सुनिता श्रेष्ठले ल्याएको रायोको सागमा सरकारी मापदण्डभन्दा बढी विषादी भेटिएपछि त्यसलाई विसर्जन गर्न निर्देशन दिइएको छ ।
- सोही दिन परीक्षण गरिएका अन्य तरकारी तथा फलफूलहरू भने उपभोगका लागि सुरक्षित पाइएका छन् ।
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजारमा गरिएको विषादी अवशेष परीक्षणका क्रममा भक्तपुरको मध्यपुर थिमीबाट ल्याइएको रायोको साग खान अयोग्य भेटिएको छ ।
केन्द्रीय कृषि प्रयोगशाला मातहतको ‘विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ’, कालीमाटीले मङ्गलवार गरेको परीक्षणमा १३ वटा नमुनामध्ये एउटा नमुनामा विषादीको मात्रा उच्च पाइएको हो ।
प्रयोगशालाका अनुसार सुनिता श्रेष्ठले बजारमा ल्याएको रायोको सागमा अर्गानोफोस्फेट विषादीको रोकावट प्रतिशत ५५.७२ देखिएको छ । सरकारी मापदण्ड अनुसार विषादीको मात्रा ४५ प्रतिशत भन्दा बढी भएमा त्यस्तो तरकारी तथा फलफूल खान अयोग्य मानिन्छ र तत्काल विसर्जन गर्नुपर्ने हुन्छ । सोही बमोजिम उक्त रायो सागलाई विसर्जन गर्न निर्देशन दिइएको छ ।
सोही दिन परीक्षण गरिएका अन्य तरकारी तथा फलफूलहरू भने उपभोगका लागि सुरक्षित पाइएका छन् । प्रयोगशालाले सुनसरीको खरबुजा, भारतको मेवा, नवलपरासीको खरबुजा, चीनको स्याउ, धादिङको तितो करेला, मकवानपुरको बन्दागोभी, नुवाकोटको गोलभेँडा र खुर्सानी, काठमाडौँको काँक्रो, चितवनको भान्टा, काभ्रेको भेँडे खुर्सानी र दोलखाको रायो सागको परीक्षण गरेको थियो । यी सबैमा विषादीको मात्रा ३५ प्रतिशत भन्दा कम देखिएकाले उपभोगयोग्य भनी प्रमाणित गरिएको छ ।
सरकारको नियमअनुसार, रोकावट प्रतिशत ३५ भन्दा कम भए उपभोगयोग्य, ३५ देखि ४५ प्रतिशतसम्म भए केही दिन राखेर मात्र प्रयोग गर्नुपर्ने (क्वारेन्टाइन) र ४५ प्रतिशत भन्दा बढी भएमा नष्ट गर्नुपर्ने प्रावधान छ ।
यो परीक्षण कार्बामेट र अर्गानोफोस्फेट समूहका कीटनाशक विषादीहरूमा मात्र आधारित रहेको प्रयोगशालाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
-
साउनको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा भक्तजनको घुइँचो
-
बसपार्कको गेस्ट हाउसमा २५ वर्षीया युवतीको शव फेला, हत्या आशङ्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण