माउण्ट एभरेष्ट डिष्टिलरीको आईपीओ निष्कासन प्रक्रिया अघि बढ्ने
काठमाडौं । माउण्ट एभरेष्ट डिष्टिलरी लिमिटेडको प्रथम वार्षिक साधारण सभा (एजीएम) सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०८१/८२ का वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरण सर्वसम्मत रूपमा पारित गरेको कम्पनीले जनाएको छ।
सभाले कम्पनीको जारी पुँजीको २० प्रतिशत सेयर सर्वसाधारणमा निष्कासन (आईपीओ) गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। कम्पनीका अनुसार यसले पुँजी संरचना मजबुत बनाउनुका साथै पूँजी बजारमा प्रवेशको बाटो खुल्नेछ।
त्यस्तै, उत्पादन क्षमता विस्तार गर्ने र उद्योगमा आधुनिक अटोमेसन प्रणाली लागू गर्ने योजना पनि प्राथमिकतामा राखिएको कम्पनीले जनाएको छ। यसबाट उत्पादन दक्षता बढ्नुका साथै गुणस्तर सुधारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
सभाले लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि पारित गरेको छ। साथै, व्यवसाय विस्तार र नयाँ उत्पादन प्रवर्द्धनलाई आगामी रणनीतिक प्राथमिकतामा राखिएको कम्पनीले जनाएको छ।
कम्पनीका अध्यक्षले माउण्ट एभरेष्ट डिष्टिलरीलाई प्रतिस्पर्धी, दिगो र नवप्रवर्तनशील कम्पनीका रूपमा विकास गर्दै गुणस्तर र आधुनिक प्रविधिमा केन्द्रित रहने प्रतिबद्धता व्यक्त गरेका थिए।
कम्पनीले वार्षिक साधारण सभा सफल बनाउन सहयोग गर्ने शेयरधनी, व्यवस्थापन तथा सरोकारवालाप्रति आभार व्यक्त गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक विकृतिविरुद्ध नाटक ‘सहीछाप’
-
शीर्ष स्थानका लागि इङ्गल्याण्ड र घाना भिड्दै
-
सिटी स्क्यान सेवा बिग्रिएपछि भरतपुर अस्पतालमा बिरामीलाई वैकल्पिक व्यवस्था
-
रास्वपा महाधिवेशनमा चुनावी रौनक: आफ्नो प्रतिनिधिको लागि भोट माग्दै समर्थक (तस्बिरहरु)
-
समाजवादी कम्युनिस्ट पार्टी नेपालको महासचिवमा अशोक सुवेदी चयन
-
रोनाल्डो बने लगातार ६ विश्वकपमा गोल गर्ने पहिलो खेलाडी, पोर्चुगलद्वारा उज्बेकिस्तान स्तब्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण