स्ट्रेट अफ होर्मुजकाे नाकाबन्दी छलेर दक्षिण कोरिया पुग्यो तेल ट्यांकर
सारांश
- स्ट्रेट अफ होर्मुज पार गरेर इरानको नाकाबन्दी छल्दै ओडेसा नामको तेल ट्यांकर दक्षिण कोरिया पुगेको छ ।
- माल्टाको झण्डावाहक यो जहाज अप्रिल १७ मा नाकाबन्दी खुकुलो हुँदा होर्मुज जलडमरूमध्य पार गरी करिब १० लाख ब्यारेल कच्चा तेल लिएर सिओसान तट नजिक पुगेको हो ।
- यो आपूर्तिले दक्षिण कोरियाको ऊर्जा सुरक्षाको चिन्ता केही कम हुने अपेक्षा गरिएको छ ।
सोल । स्ट्रेट अफ होर्मुज पार गरेर गएको एउटा तेल ट्याकर दक्षिण कोरिया पुगेको छ । इरानले स्ट्रेट अफ होर्मुजमा नाकाबन्दीका लगाइरहँदा नाकाबन्दी पार गरेर दक्षिण कोरिया पुग्ने यो पहिलो ट्यांकर हो । समाचार संस्था एएफपीका अनुसार माल्टाकने झण्डा बोकेको ओडेसा नाम गरेको जहाज शुक्रबार बिहान दक्षिण कोरियाको सिओसान तट नजिकैको मुरिङ क्षेत्रमा पुगेको देखिएको हो ।
उक्त ट्यांकरमा करिब १० लाख ब्यारेल कच्चा तेल रहेको बताइएको छ। अमेरिका–इजरायल र इरानबिचको युद्धका कारण विश्वव्यापी तेल आपूर्ति प्रभावित भइरहेका बेला यो आपूर्तिले दक्षिण कोरियाको ऊर्जा सुरक्षाको चिन्ता केही कम हुने अपेक्षा गरिएको छ ।
उद्योग स्रोतहरूका अनुसार उक्त कच्चा तेल प्रशोधनपछि पेट्रोल र डिजेलजस्ता इन्धन उत्पादनका रूपमा घरेलु बजारमा आपूर्ति गरिनेछ । स्रोतका अनुसार ओडेसाले अप्रिल १७ मा नाकाबन्दी केही समयका लागि खुकुलो भएका बेला होर्मुज जलडमरूमध्य पार गरेको थियो ।
यसैबीच, योन्ह्याप न्यूज एजेन्सीले विस्फोट र आगलागीबाट क्षतिग्रस्त भएको दक्षिण कोरियाली जहाज एचएमएम नामु दुबई बन्दरगाह पुगेको जनाएको छ ।सोमबार विस्फोट भएपछि उक्त जहाजलाई तानेर दुबई ल्याइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिमानी मूल्यका ऋषभ पन्तले तलब घटाएर रोजे पुरानै टोली, कुलदीपसँग भयो साटासाट
-
त्रिवि केन्द्रीय क्याम्पसमा पोस्टर प्रदर्शन, तस्बिरहरू
-
शिक्षा ऐन नआउँदा विद्यालय शिक्षामा विकृति र व्यवस्थापकीय समस्या देखियो : शिक्षासचिव पौडेल
-
चीनमा भारी वर्षाका कारण ९ हजार भन्दा बढी बिस्थापित, विद्यालयहरू बन्द
-
५ दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सुकुमबासीलाई अल्टिमेटम
-
नेपालमा बोसमो पहिलो ब्रान्ड स्टोर सञ्चालन, प्रिमियम होम अप्लायन्स बजारमा विस्तार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण