बालेनले नागरिकको घर मात्र होइन, सपना समेत भत्काए : दुर्गा प्रसाईँ
सारांश
- राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले प्रधानमन्त्री बालेन शाहले नागरिकको घरमात्र नभएर सपना समेत भत्काएको आरोप लगाएका छन् ।
- उनले निर्वाचन सम्पन्न भएको २ महिना नपुग्दै रास्वपालाई मतदान गरेका मतदाता पछुताउने अवस्थामा पुगेको बताए ।
- प्रसाईँले विदेशमा रहेका दाजुभाइले घण्टीमा भोट नहाले घर नआउने घुर्की लगाएको र अहिले आमाबुबाले घर नभएकोले कुन घर फर्किन्छस् भनेर सोध्ने गरेको बताए ।
काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले प्रधानमन्त्री बालेन शाहले नागरिकको घरमात्र नभएर सपना समेत भत्काएको आरोप लगाएका छन् ।
निर्वाचन सम्पन्न भएको २ महिना पुग्दा नपुग्दै रास्वपालाई मतदान गरेका मतदाता पछुताउने अवस्थामा पुगेको उनको भनाइ छ ।
प्रसाईँले भने– 'हिजो विदेशमा रहेका दाजुभाइहरूले घरमा फेन नगरेर घण्टीमा भोट नहाले घर नै आउँदिन भनेर घुर्की लगाए । आज नेपालबाट आमाबुबाले भनिरहेका छन्, अब घर नै छैन कुन घर फकिन्छस् ? '
आफूले सुरुवाती दिनदेखि नै बालेन नेतृत्वको सरकार अमेरिकाको चाहनामा बनेको बताए पनि कसैले नपत्याएको उनको भनाइ छ । आज बालेनका गतिविधिले आफ्नो आरोप पुष्टि भएको प्रसाईँको दाबी छ ।
सरकारले न्यायालयमाथि पनि हस्तक्षेप गरेको उनको आरोप छ । चौथो वरीयताका न्यायाधीशलाई प्रधानन्यायाधीश सिफारिस गरेर सरकारले जग हसाएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
आदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्ती मनाइयो, तस्बिरहरू
-
कोशी अस्पतालको जग्गामा निर्माण गरेको संरचनामाथि डोजर चलाउन थालियो
-
भानुभक्तको योगदान अतुलनीय र ऐतिहासिक: मुख्यमन्त्री पाण्डे
-
अमेरिका र इरानबिच आक्रमण र प्रत्याक्रमण तीव्र
-
यदि विश्वकप लिग हुन्थ्यो भने फ्रान्स च्याम्पियन, अर्जेन्टिना दोस्रो, स्पेन तेस्रो हुने थिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण