बुधबार, १० असार २०८३
ताजा लोकप्रिय
फोटोफिचर

भृकुटीमण्डपमा साउथ एसिया ट्रेड फेयर : आर्थिक विकास र सहकार्यको नयाँ गन्तव्य (तस्बिरहरू)

शनिबार, २६ वैशाख २०८३, १३ : ०९
शनिबार, २६ वैशाख २०८३

काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा गत बिहीबारदेखि ‘साउथ एसिया ट्रेड फेयर’ (दक्षिण एसियाली व्यापार मेला) जारी छ । दक्षिण एसियाली राष्ट्रहरूका विभिन्न उत्पादन तथा सेवाको प्रवर्द्धन गर्ने, बजार सम्भाव्यताको अध्ययन गर्ने र क्रेता–विक्रेताबिच सहकार्य विस्तार गर्ने मुख्य उद्देश्यका साथ यो मेला आयोजना गरिएको हो । 

1778303866-Q2nmH

मेलामा दक्षिण एसियाली मुलुकका उद्योग, व्यापार तथा सेवासम्बन्धी विविध उत्पादनहरू प्रदर्शनीका लागि राखिएका छन् । आयोजकका अनुसार प्रदर्शनीमा कपडा तथा रेडिमेड सामग्री, सौन्दर्य सामग्री, हस्तकलाका वस्तु, सवारीसाधन तथा पार्टपुर्जा, फर्निचर, कृषि उत्पादन, सूचना प्रविधि र घरेलु उपकरणलगायतका सामग्रीहरू उपलब्ध छन् ।

1778303866-xI0aE

प्रदर्शनीका साथै व्यापारिक भेटघाट (बिजनेस मिट), फुड फेस्टिभल, रक्तदान कार्यक्रम तथा विभिन्न मनोरञ्जनात्मक गतिविधिहरू समेत सञ्चालन गरिने जानकारी दिइएको छ । मेलाले नेपालमा लगानी तथा व्यापार विस्तारका नयाँ सम्भावनाहरू सिर्जना गर्ने विश्वास लिइएको छ ।

1778303867-FFIhG

मुलुकमा लामो समयदेखि सुस्त रहेको व्यापारिक वातावरण र लगानीगत अनिश्चिततालाई तोड्दै निजी क्षेत्रलाई सक्रिय बनाउन यो मेलाले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । 

1778303867-kdNH9

वैशाख २८ गतेसम्म सञ्चालन हुने यस मेलामा आयोजक राष्ट्र नेपालसहित भारत, बङ्गलादेश, भुटान, पाकिस्तान, अफगानिस्तान, श्रीलङ्का र माल्दिभ्सका उद्यमी तथा व्यवसायीहरूको सहभागिता रहेको छ । तस्बिर : न्युज एजेन्सी नेपाल

1778303868-93tuJ1778303868-At0NH1778303869-KCTVd1778303869-prL391778303870-Ds7TY1778303870-qN6ju1778303871-fdJ8O1778303871-VCxsC1778303872-jyabQ1778303872-phiHp1778303872-YbK3J1778303873-0K9NX1778303873-gdGry1778303874-3zfWh1778303874-MQFhy1778303875-e3j4c1778303875-KPI90 (1)1778303875-KPI901778303876-6yCKs1778303876-J97i11778303876-rdXhs1778303877-iZZKW1778303877-Tyo9m1778303878-oOCrM1778303878-raJVI1778303879-d7Mxh1778303879-HqEb91778303879-o84xk1778303880-MrZ7H1778303880-v7bgh1778303882-YOyvh1778303884-zfMnY1778303895-Et8D61778303896-OG6L8

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप